काठमाडौं, असोज २९ –
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेन–जी आन्दोलनलाई विदेशी हस्तक्षेप र भूराजनीतिक षड्यन्त्रसँग जोड्दै त्यसपछिको हिंसा, आगजनी र तोडफोडलाई कलर रिभोल्युसनु शैलीको हमला भनेका छन्।
एमालेको दशौं केन्द्रीय कमिटी बैठकमा ‘मुलुकको राजनीतिक परिस्थिति र हाम्रो नीति’ शीर्षक प्रस्ताव पेश गर्दै ओलीले देश भित्रभित्रै ुप्रतिक्रान्तिको अभ्यासु भइरहेको चेतावनी दिए। उनका अनुसार भदौ २३ र २४ गते भएका घटनाहरू केवल आकस्मिक युवा आन्दोलन थिएनन्, बरु राष्ट्र, लोकतन्त्र र संविधानमाथिको गहिरो आक्रमण थिए।
“जेन–जी आन्दोलनले उठाएका मागहरू जायज थिए, तर आन्दोलनमा विदेशी सहयोग र स्वार्थी तत्त्वको प्रवेशले ठूलो दुर्घटना निम्त्यायो,” ओलीको भनाइ छ।
शान्तिपूर्ण जुलुसलाई तोडफोडमा रूपान्तरण गरिएको आरोप
ओलीले भदौ २३ गते माइतीघरबाट सुरु भएको शान्तिपूर्ण प्रदर्शनलाई संसद भवनको पर्खाल तोड्ने र निषेधित क्षेत्र तोड्ने उद्देश्यले हिंस्रक बनाइएको बताए। उनका अनुसार, युवा प्रदर्शनकारीहरूलाई प्रयोग गरेर ुसुनियोजित रूपमा संसद र सिंहदरबारमाथि आक्रमण गरियोु।
“राष्ट्रिय झण्डा ओढेका युवाहरूले सर्वोच्च अदालत र संसदमा आगो लगाउँदैनन्। त्यसमा भित्री स्वार्थ र बाह्य सहयोगबाट परिचालित ठूला शक्ति संलग्न थिए,” ओलीको दाबी।
“दङ्गा नियन्त्रणको अन्य उपाय अवलम्बन नगरी किन गोली चलाइयोरु किन त्यति धेरै युवाहरूको हत्या भयोरु” — ओलीले प्रश्न उठाए।
‘कलर रिभोल्युसन’ शैलीमा हमला गरिएको आरोप
‘असंवैधानिक सरकार र विघटित संसद’माथि आलोचना
ओलीले वर्तमान सरकारलाई असंवैधानिक र अलोकतान्त्रिक भन्दै तत्काल प्रतिनिधिसभा पुनर्स्थापनाको माग गरे। उनले सरकार निर्वाचनको कुरा गरे पनि निर्वाचन हुन नदिने मनसायू रहेको आरोप लगाए।
“सरकार चुनाव भन्छ तर वातावरण बनाउँदैन। सत्तामा बस्न प्रतिगमनको बाटो रोजिएको छ,” — ओलीले भने।
गौरीबहादुर कार्की आयोग अस्वीकार, नयाँ आयोगको माग
ओलीले जेन–जी आन्दोलनपछि सरकारले बनाएको छानबिन आयोगप्रति अविश्वास व्यक्त गर्दै सर्वोच्च अदालतका पूर्वन्यायाधीशको नेतृत्वमा नयाँ स्वतन्त्र आयोग गठन गर्न माग गरे।
“गौरीबहादुर कार्कीको नेतृत्वमा बनेको आयोग पक्षपाती छ, यस्तो आयोगले सत्य उजागर गर्न सक्दैन,” ओलीको भनाइ।
शान्ति सुरक्षाको स्थितिप्रति चिन्ता
ओलीले आन्दोलनपछि फैलिएको अराजकताको असर सुरक्षामा परेको बताउँदै हतियार लुट, कैदी भगाउने, प्रहरीको हत्या लगायतका घटनालाई गम्भीर खतराको रूपमा प्रस्तुत गरे।
उनका अनुसार, १२ सयभन्दा बढी हतियार र एक लाख गोलाबारुद अझै गायब छन्, जसले नागरिकको सुरक्षामा संकट उत्पन्न गराएको छ।
पार्टी अनुशासन कडाइ, आन्दोलनको तयारी
ओलीले पार्टीभित्र अनुशासन नमान्नेहरूविरुद्ध कडा कदम चालिने चेतावनी दिँदै, संविधान र लोकतन्त्र पुनःस्थापनाका लागि जनआन्दोलनको तयारी गर्नुपर्ने आवश्यकता औंल्याए।
“देश संविधान र लोकतन्त्रको बाटोमा फर्कनुपर्छ। त्यसका लागि जनआन्दोलनको विकल्प छैन,” प्रस्तावमा उल्लेख छ।
युवाप्रति आह्वान
ओलीले नवयुवाहरूप्रति सहानुभूति जनाउँदै हिंसाबाट अलग बस्न, राष्ट्रघाती तत्त्वको भित्री चाल बुझ्न र राजनीतिक संवादमा आउन आग्रह गरे।
“आफ्नो सदाशयता र शान्तिपूर्ण आन्दोलनलाई कुनै पनि स्वार्थीले दोहन नगरोस्,” ओलीले भने।