काठमाडौ, असोज ३० गते
आगामी प्रतिनिधिसभा निर्वाचनको तयारीका सन्दर्भमा निर्वाचन आयोगले आज प्रमुख राजनीतिक दलहरूसँग परामर्श प्रक्रिया सुरु गरेको छ।
आज केही समयअघि सुरु भएको छलफलमा नेपाली कांग्रेसबाट प्रचार विभाग प्रमुख मीन विश्वकर्मा, नेकपा (एमाले) बाट गुरु बराल, माओवादी केन्द्रका देवप्रसाद गुरुङ, रास्वपाका कविन्द्र बुर्लाकोटी, र एकीकृत समाजवादी पार्टीका तर्फबाट राजेन्द्र पाण्डेलगायत नेताहरूको सहभागिता रहेको छ।
आयोगका अनुसार पहिलो चरणको छलफलका लागि प्रतिनिधिसभा, प्रदेशसभा तथा स्थानीय तहमा प्रतिनिधित्व गर्ने २९ राजनीतिक दलहरूलाई आमन्त्रण गरिएको हो।
हाल आयोगमा १२४ राजनीतिक दल दर्ता रहेका छन्।
