काठमाडौ, असोज ३० गते
जेनजीका नाममा सरकारी कार्यालयमा धम्क्याउँदै हिडेका अर्जुनबहादुर शाहीको साथबाट प्रहरीको परिचयपत्र समेत भेटिएको छ।
नेपाल प्रहरीका सईको कार्ड भेटिएपछि उनले प्रहरीको नाममा ठगी गरेको आशंका बढेको छ। सरकारी कार्यालयमा पुगेर जेनजीको नाममा आतंक फैलाएपछि जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले बुधबार साँझ शाहीलाई कोटेश्वरबाट पक्राउ गरेको थियो।
शाही माथि प्रहरीले अनुसन्धान गर्दा करिब एक दर्जनजति अपराधमा मुद्दा दर्ता भएको देखिएको छ। त्यो सँगै साथमा प्रहरीको कार्ड भेटिनुले थप शंका पैदा गरेको छ।
उनका आफन्त पर्ने एक जना असई अख्तियार दूरुपयोग अनुसन्धान आयोगमा काम गर्ने खुलेको छ। उनले नै कार्ड दिएको हुनसक्ने आशंकमा प्रहरीले अनुसन्धान गरेको छ।
प्रहरीले शाहीको साथबाट भने असई कुमार शर्मा नाम गरेको कार्ड भेटाएको हो।
