काठमाडौं, कात्तिक १ गते
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्न लागेको छ। गत असोज २८ गतेदेखि जारी बैठक केही बेरमै पुनः सुरु हुने भएको हो।
पार्टी प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार, बैठकमा प्रस्तुत १० वटा प्रस्तावहरूमा केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम जारी रहनेछ।
बैठकमा जेन-जी आन्दोलनपछिको अवस्था, संसद् विघटन, प्रतिनिधिसभा निर्वाचन, पार्टीका भ्रातृ संगठनहरूको भूमिका, र आसन्न महाधिवेशनलगायतका विषयमा केन्द्रीय सदस्यहरूले आफ्ना धारणा राखेका छन्।
शुक्रबारको बैठकमा केन्द्रीय, आमन्त्रित, र प्रदेशस्तरीय आमन्त्रित सदस्यसमेत गरी २५ जनाले आ-आफ्ना विचार व्यक्त गरेका थिए।
