काठमाडौँ, कात्तिक ९
नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्माले जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदका परिवारलाई सरकारले निःशुल्क स्वास्थ्य बीमाको व्यवस्था गर्ने घोषणा गरेकी छन्।
आइतबार मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री शर्माले आफ्नो पहिलो प्राथमिकता शहीद परिवार र आन्दोलनमा घाइते भएकाहरूको स्वास्थ्य सुरक्षामा केन्द्रित हुने बताइन्।
“आन्दोलनमा आफ्नो अमूल्य जीवन गुमाउनुभएका शहीद परिवारको स्वास्थ्य सुरक्षा हाम्रो जिम्मेवारी हो,” उनले भनिन्, “यसका लागि अर्थ मन्त्रालयसँग समन्वय गरेर तत्काल निःशुल्क स्वास्थ्य बीमाको व्यवस्था मिलाइनेछ।”
उनले आन्दोलनका घाइतेहरूको उपचारमा कुनै पनि कमी हुन नदिइने स्पष्ट पारिन्। सरकारले सुरु गरेको निःशुल्क उपचार कार्यक्रमलाई अझ प्रभावकारी रूपमा निरन्तरता दिइने उनको भनाइ थियो।
“घाइतेहरू पूर्ण रूपमा निको नभएसम्म उपचार जारी रहनेछ,” मन्त्री शर्माले भनिन्, ‘घाइतेहरूको चोटको अवस्था अनुसार वर्गीकरण गरी क्षतिपूर्तिको व्यवस्था पनि सहजीकरण गर्नेछु।’
पदभार ग्रहण कार्यक्रममा मन्त्री शर्माले जेन–जी आन्दोलनले उठाएका सुशासन, जवाफदेहिता र भ्रष्टाचारविरुद्धका मुद्दाहरू आफ्नो कार्यको केन्द्रमा रहने जनाइन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
शहिद परिवारका लागि निःशुल्क स्वास्थ्य बीमा, घाइतेको उपचारमा निरन्तरता : स्वास्थ्य मन्त्री डा. शर्मा
Previous Articleविद्या–विष्णुको सम्बन्धमा दरार, भेट अस्वीकार
