काठमाडौँ, कात्तिक ९
नेपाल प्रहरीका पाँच जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायव महानिरीक्षक (डीआईजी) पदमा बढुवा गर्न सिफारिस गरिएको छ।
सिफारिस सूचीमा पहिलो नम्बरमा भुपेन्द्र बहादुर खत्री छन्। उनीसँगै सानुराम भट्टराई, ओम प्रसाद अधिकारी, शेखर खनाल र अवि नारायण काफ्लेलाई पनि डीआईजी पदमा बढुवा सिफारिस गरिएको छ।
गृह मन्त्रालयका सचिव रामेश्वर दंगालको अध्यक्षतामा प्रहरी प्रधान कार्यालयमा बसेको बढुवा समितिको बैठकले उक्त सिफारिस गरेको हो।
समितिमा प्रहरी महानिरीक्षक (आईजीपी) र मानव स्रोत विकास विभागका अतिरिक्त महानिरीक्षक (एआईजी) सदस्यको रूपमा रहेका छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Next Article एमालेमा डिजी फोर्स र टोल सुरक्षा अभियान
