काठमाडौं, कात्तिक १५
नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आफूहरूले सिंगै हुनको लागि अलग भएको बताएका छन् ।
पार्टीले नेकपा माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेपछि आफूनिकटको भेलामा शनिबार सहभागी हुन पुगेका खनालले आफूहरू अब पार्टी गठनको प्रक्रियामा अघि बढ्ने बताएका छन् । कम्युनिस्ट आन्दोलनलाई व्यापक एकतामा पुर्याउनको लागि छलफल हुने उनको भनाई छ।
नेकपा एमाले अध्यक्ष केपी ओलीले घर फर्क भन्दै गरेको आह्वानको बारेमा उनले भने ‘घर फर्क भनेर मात्रै हुँदैन, ढोका राम्रोसँग खोल्नुपर्यो र बस्ने ठाउँ राम्रो बनाइयो भने फर्किन केही आपत्ति छैन ।’
