२०३९ सालमा झलनाथ खनाल सचिव चयन भए । तर, सीपी महासचिव हुँदा कमिटीमा भएका बहुमत सदस्यहरू उनको कार्यशैलीप्रति रुष्ट भएकाले खनाललाई महासचिव बनाएको थियो ।
कम्युनिष्ट धारमा दुई पूर्व प्रधानमन्त्री मिलेर नेकपा एकीकृत समाजवादी गठन गरेको तीन वर्षमा विभाजित हुन पुगेको छ । २०३९ सालदेखि एउटै पार्टीमा तर फरक फरक धारणा लिएर हिडेको माधव नेपाल र झलनाथ खनाल अब औपचारिक रुपमै दुई कित्तामा पुगेका छन् । सायद अब उनीहरु पार्टीको फकर मोर्चामा देखिनेछन । उनीहरुको मुद्धाले सार्थकता पाउन एमाले र माओवादी दुवै पार्टी सही हुन सक्दैनन । माधव नेपाल हिंसाबाट आएको पार्टीको मोर्चामा विलयी हुन लालयित देखिए भने झलनाथ खनाल यसबाट मुक्त भएर आफै ‘एउटा पसल’ खोल्न तयार भए ।
‘पार्टी स्वतन्त्रता र राजनैतिक स्वतन्त्रताको’को मुद्धामा २०३९ सालमा फरक फरक कित्तामा उभिएका नेपाल–खनाल अहिले भने कार्यगत रुपमै फरक मोर्चामा पुगे । लामो समयसँगै रहेका दुई नेताहरुबीच बेला बखत आरोप प्रत्यरोप चल्न छाडेको थिएन । केपी ओलीसँग असहमत भएपछि नेकपा एमाले फूटाउन विषयमा उनीहरु एक ठाउँमा आए । तर माओवादीसँग मिल्ने बेलामा भने विभाजित भए ।
‘पार्टी स्वतन्त्रता र राजनैतिक स्वतन्त्रताको’को मुद्धामा २०३९ सालमा फरक फरक कित्तामा उभिएका नेपाल–खनाल अहिले भने कार्यगत रुपमै फरक मोर्चामा पुगे ।
माधव नेपाल माओवादीमा जाने भएपछि झलनाथ खनाल एमालेमा आउछन त भन्ने प्रश्न पनि आएको छ । यद्यपि खनालले पार्टी निर्माण गरेर जाने बताइसकेका छन् ।
एक वर्ष अघि एमाले निर्माणको सन्दर्भमा खनालले आफूलाई माया लागेको बताएका थिए । ‘नेकपा एमालेप्रति अनुराग छ, माया छ । त्यो पार्टी बनाइयो । लडाइँ गरियो । जेलनेल खाइयो । अनि माया हुँदैन ?’, उनले भनेका थिए ।
खनालले थपेका छन्, ‘व्यक्तिमा जाँदैन । एमाले संस्था हो । त्यो संस्थालाई त्यतिबेला छोडेर विद्रोह गर्ने कुराचाहिँ गलत थियो ।’ उनले एसका अध्यक्ष नेपालले पार्टीलाई एकलौटी ढंगले चलाएको, महत्त्वपूर्ण निर्णयमा आफूलाई संलग्न गराउन छोडिएको भन्दै गुनासो पनि गरेका छन् । खनालको अभिव्यक्तिपछि अध्यक्ष नेपालले उनलाई पार्टीमा चित्त नबुझेको भए छोडेर गए हुन्छ भनेर ठाडो जवाफ दिएका थिए ।
लामो कम्युनिस्ट आन्दोलनको पृष्ठभूमि भएका यी दुई नेताबीच एकीकृत समाजवादीसम्म आइपुग्दा पनि मतभेद अन्त्य भएन बरु बल्झिदै गयो । प्रायः वैचारिक रूपमा नेपाल र खनालबीच निरन्तर मतभेदपूर्ण सहकार्य चल्दै आएको थियो ।
खनालले जबजको औचित्य सकिएको बताउँदै आएका छन् । नेपाल भने अहिले पनि जबजको आवश्यकता रहेको बताउँछन् । दुवै नेताबीच जबजमा मतभिन्नता थियो, तर अहले जबज नै बोकेर माधव नेपाल माओवादीतिर लागेका छन् ।
नेपाल र खनाल एउटै कमिटीमा २५ जेठ २०३२ देखि रहेका हुन् ।
समाजवादी कार्यक्रमबारे अन्य सार्वजनिक कार्यक्रममा पनि भिन्न मत रहँदै आएको थियो । राजनीतिक रूपमा वर्गशत्रु र मित्रशक्ति किटानबारे पनि नेपाल र खनालका दस्तावेज फरकफरक हुने गर्थे ।
खनाल र नेपालबीच लगभग पाँच दशकको सम्बन्ध छ । नेपाल र खनाल एउटै कमिटीमा २५ जेठ २०३२ देखि रहेका हुन् । त्यतिबेला सुरु भएको अखिल नेपाल कम्युनिस्ट क्रान्तिकारी को–अर्डिनेसन कमिटी (माक्र्सवादी–लेनिनवादी) को–अर्डिनेसन केन्द्र (कोके)को विराटनगरको मिल क्षेत्रमा एक मजदुर नेताको घरमा भएको भेलामा खनाल र नेपालको भेट भएको थियो । त्योभन्दा पहिला माधवकुमार नेपाल विराटनगरमा बैंकमा जागिर खान्थे । झलनाथ खनाल बाग्लुङमा पढाउथे । खनालले पढाउन छाडे नेपालले पनि बैंकको जागिर छाडे । २०३२ सालदेखि निरन्तर थिए ।
झलनाथ खनाल बाग्लुङमा पढाउथे । खनालले पढाउन छाडे नेपालले पनि बैंकको जागिर छाडे ।
त्यो भेलाबाट चन्द्रप्रकाश मैनाली (सीपी) सचिवसहित आठसदस्यीय कमिटी बनेको थियो । कोकेमा सीपी मैनाली सचिव, नेपाल र रामचन्द्र यादव पोलिटब्युरो सदस्य, खनालसहित मुकुन्द न्यौपाने, अमृत बोहरा, गोविन्द न्यौपाने र मणिलाल राई केन्द्रीय कमिटी सदस्य बने । २०३५ सालमा कोके र मुक्ति मोर्चा फुटेर आएपछि नेकपा (माले) बन्यो । महासचिव मैनाली रहेको कमिटीमा नेपाल पोलिटब्युरो र खनाल केन्द्रीय कमिटी सदस्य बने ।
कोकेमा सीपी मैनाली सचिव, नेपाल र रामचन्द्र यादव पोलिटब्युरो सदस्य, खनालसहित मुकुन्द न्यौपाने, अमृत बोहरा, गोविन्द न्यौपाने र मणिलाल राई केन्द्रीय कमिटी सदस्य बने ।
अन्तर्विरोध चर्किन थाल्यो । त्यो अन्तर्विरोधमा मैनाली फरक कित्तामा थिए भने नेपाल र खनाल एक ठाउँमा उभिए ।२०३९ सालमा झलनाथ खनाल सचिव चयन भए । तर, सीपी महासचिव हुँदा कमिटीमा भएका बहुमत सदस्यहरू उनको कार्यशैलीप्रति रुष्ट भएकाले खनाललाई महासचिव बनाएको थियो । २०३९ सालदेखि २०४६ सालसम्म महासचिव भए ।
कम्युनिस्ट पार्टीलाई विभाजित गर्ने चौथो महाधिवेशनलाई मान्यता नदिएर नेकपा (माले) ले ९ देखि १४ भदौ २०४६ सम्म सिरहाको विष्णुपुरकट्टी, सर्रे अम्बासमा नेकपा (माले) को चौथो राष्ट्रिय महाधिवेशन आयोजना ग¥यो । महासचिव बनेका झलनाथ खनाललाई बिदा गरी मदनकुमार भण्डारीलाई नयाँ महासचिव चयन ग¥यो ।
२२ पुस २०४७ मा नेकपा (माले) र नेकपा (माक्र्सवादी) बीच एकता भई नेकपा (एमाले) को गठन भयो । अध्यक्षमा मनमोहन अधिकारी र महासचिव भण्डारी चयन भए । नेपाल र खनाल पोलिटब्युरो सदस्य भए ।
२२ पुस २०४७ मा नेकपा (माले) र नेकपा (माक्र्सवादी) बीच एकता भई नेकपा (एमाले) को गठन भयो । अध्यक्षमा मनमोहन अधिकारी र महासचिव भण्डारी चयन भए । नेपाल र खनाल पोलिटब्युरो सदस्य भए । २०४९ माघमा एमालेको पाँचौँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा भयो । अधिकारी र भण्डारी क्रमशः अध्यक्ष र महासचिवमा दोहोरिए । नेपाल स्थायी कमिटी र खनाल केन्द्रीय कमिटी सदस्य बने ।
नेपाल र खनालबीच सैद्धान्तिक विषयमा पाँचौँ महाधिवेशनबाट सुरु भएको थियो । पाँचौँ महाधिवेशनबाट मदन भण्डारीले जनताको बहुदलीय जनवाद कार्यक्रम ल्याए यसको पक्षमा नेपाल लागे । झलनाथ, सीपी मैनाली, अशोक राई र घनेन्द्र बस्नेतको फरक मतमा पुगे । खनालले जबजलाई नस्वीकारेपछि वैचारिक मतभिन्नता सुरु भएको थियो ।
२०५९ माघमा सातौँ महाधिवेशन धनुषामा भयो । २०५६ वैशाखमा अध्यक्ष मनमोहन अधिकारीको निधन भएपछि स्थगनमा रहेको अध्यक्ष पद सातौँ महाधिवेशनबाट खारेज गरियो ।
३ जेठ २०५० मा भण्डारीको दुर्घटनामा निधन भएपछि नेपाल महासचिव बने । २०५४ माघमा छैटौँ महाधिवेशन नेपालगञ्जमा भयो । अधिकारी अध्यक्ष, नेपाल महासचिव हुँदा खनाल स्थायी कमिटी सदस्य बने । त्यहीबीचमा वामदेव गौतमले एमाले विभाजन गरे । खनालले नेपाललाई साथ दिए । २०५८ मा माले एमालेमा समाहित भयो । महाकाली सन्धिको समयमा नेपाल र ओली मिलेर सबैलाई पेलेर बहुमत पु¥याएका थिए ।
२०५९ माघमा सातौँ महाधिवेशन धनुषामा भयो । २०५६ वैशाखमा अध्यक्ष मनमोहन अधिकारीको निधन भएपछि स्थगनमा रहेको अध्यक्ष पद सातौँ महाधिवेशनबाट खारेज गरियो ।
२०५९ माघमा सातौँ महाधिवेशन धनुषामा भयो । २०५६ वैशाखमा अध्यक्ष मनमोहन अधिकारीको निधन भएपछि स्थगनमा रहेको अध्यक्ष पद सातौँ महाधिवेशनबाट खारेज गरियो । सातौँ महाधिवेशनबाट अध्यक्ष पद हट्यो, महासचिव कार्यकारी हुने व्यवस्था ग¥यो । नेपाल महासचिव चुनिए । सातौँ महाधिवेशनमा केपी ओलीले पार्टी बहुपद प्रणालीमा जानुपर्ने माग राखेका थिए । तर, उनको कुरा सुनुवाइ भएन ।
ओलीले महासचिवमा पनि दाबी गरेका थिए । खनाललगायतका बहुमत नेताहरूले नेपाललाई साथ दिएका थिए । केपी ओली आफू महासचिव हुन नपाए पनि खनाल र नेपालबीच फाटो ल्याउने काम निरन्तर गरिरहे । उनी नेपालपछि आफू नेता सम्झन्थे । तर, नेपाल र खनालबीच बाहिर धेरै विवाद नहुँदा एक देखिन्थे । खनालले नेपाललाई साथ दिँदै आएका थिए ।
२०६२ साउनमा भएको एमालेको केन्द्रीय कमिटीको बैठकमा नेपाल र खनाल गणतन्त्रको पक्षमा दृढताका साथ उभिए । नेपाल शाही शासनकालमा लामो समय प्रहरीको थुना र घरमै नजरबन्द भए । दोस्रो जनआन्दोलन सफल भएपछि २०६४ को पहिलो संविधानसभा निर्वाचनमा एमालेले अनपेक्षित हार व्यहो¥यो । महासचिव नेपाल पनि काठमाडौं र रौतहट दुवै क्षेत्रबाट पराजित भए । नैतिक जिम्मेवारी लिँदै नेपालले महासचिवबाट राजीनामा दिए । अर्का नेता केपी शर्मा ओली पनि झापाबाट पराजित भएका थिए । खनाल भने इलामबाट निर्वाचित भए ।
२०६२ साउनमा भएको एमालेको केन्द्रीय कमिटीको बैठकमा नेपाल र खनाल गणतन्त्रको पक्षमा दृढताका साथ उभिए ।
शीर्ष नेतामध्ये संविधानसभा निर्वाचनमा निर्वाचित भएकै कारण पुनः नेतृत्वमा पुग्न खनाललाई सहज भयो । नेपालले राजीनामा दिएपछि कार्यवाहक महासचिव अमृत बोहराले स्थायी कमिटी बैठक बोलाए । उक्त बैठकमा ओलीबाहेक अन्य सबै नेताले खनाललाई समर्थन गरेका थिए । खनालको नेतृत्वमा आठौँ महाधिवेशन बुटवलमा भयो ।
एमाले बहुपदीय प्रणालीमा गयो । खनाल र ओली अध्यक्षमा उम्मेदवार बने । आफूले सधैँ साथ दिएकाले नेपालले आफूलाई साथ दिने सोचेका थिए खनालले । तर, बुटवलमा नेपालले ओलीलाई साथ दिए । तर, खनाल अध्यक्षमा निर्वाचित भए ।
२०६४ सालमा दुवै क्षेत्रबाट पराजित भएका नेपाल पछि मनोनीत रूपमा संविधानसभा सदस्य भए । २०६६ सालमा पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिएपछि नेपालले गठबन्धन सरकारको नेतृत्व गरे । त्यतिबेला पार्टी अध्यक्ष र संसदीय दलको नेता खनाल थिए । नेपालको सरकार ढलेपछि खनाल प्रधानमन्त्री बने । नेपालको सरकार ढालेर खनाल प्रधानमन्त्री बन्दा नेपाल–खनालबीच खासै सौहार्दपूर्ण सम्बन्ध रहेन ।
२०६४ सालमा दुवै क्षेत्रबाट पराजित भएका नेपाल पछि मनोनीत रूपमा संविधानसभा सदस्य भए । २०६६ सालमा पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिएपछि नेपालले गठबन्धन सरकारको नेतृत्व गरे । त्यतिबेला पार्टी अध्यक्ष र संसदीय दलको नेता खनाल थिए । नेपालको सरकार ढलेपछि खनाल प्रधानमन्त्री बने । नेपालको सरकार ढालेर खनाल प्रधानमन्त्री बन्दा नेपाल–खनालबीच खासै सौहार्दपूर्ण सम्बन्ध रहेन ।
२०७१ सालको नवौँ महाधिवेशनमा नेपाल र ओली अध्यक्षमा प्रतिस्पर्धी बने । खनालले उक्त महाधिवेशन कसैको पक्षमा पनि नखुल्ने भने । बहालवाला अध्यक्ष भएकाले उनको पक्षमा नेता कार्यकर्ताहरू थिए । तर, बाहिर नखुल्ने भनेका खनालले आफ्नो पक्षका नेताहरूलाई ओलीको पक्षमा मत हाल्न लगाएको नेपालले गुनासो गरिरहे ।
खनालले आठौँमा आफूलाई नसघाएर नेपालले ओलीलाई सघाएको बदला नवौँ महाधिवेशनमा लिएका थिए । ओलीले सरकारको नेतृत्व गर्दा राष्ट्रपति बनाउने अवसर आए खनाललाई बनाउने वचन दिएकाले ओलीलाई सघाएको नेपालपक्षका नेताहरूको आरोप छ ।
नेकपाकालमा ओलीले दुईपटक संसद विघटन गरे । नेपाल–खनाल एक ठाउँमा उभिए ।
एमाले र माओवादी एकता भएपछि ओलीले खनालको वरीयता घटाएर चौथोमा पु¥याइदिए । तेस्रोमा नेपाललाई राखे । खनालले बैठकमा कुरा राखेपछि वरीयता सच्याइएको थियो । त्यसमा नेपाल ओलीप्रति थप असन्तुष्ट बने । नेकपाकालमा ओलीले दुईपटक संसद विघटन गरे । नेपाल–खनाल एक ठाउँमा उभिए ।
एमालेमा विवाद हुँदा खनाल भारतको दिल्लीमा उपचार गराइरहेका थिए । खनालले दिल्लीबाट नै नेपाललाई साथ दिने घोषणा गरे । नेपाल–खनाल समूहमा भएकाहरूले १० बुँदे सम्झौता गरेर एमालेमै बस्ने निर्णय गरे । तर, नेपाल र खनालले एमालेबाट विद्रोह गरी नेकपा एकीकृत समाजवादी पार्टी गठन गरे । एकीकृत समाजवादीमा नेपाल अध्यक्ष र खनाल दोस्रो वरीयताका सम्मानित नेता थिए तर पार्टीमा नेपाल हावी भएपनि खनाल कर्नरमा परे ।
नेपाल २३ फागुन २००९ मा जन्मिएका हुन् । नेपालले २०२६ सालमा कम्युनिस्ट पार्टीको सदस्यता लिएका थिए । ठाकुरराम बहुमुखी कलेजबाट वाणिज्यमा प्रमाणपत्र तह पास गरेपछि नेपालले नेपाल बैंक लिमिटेडमा जागिर खान थाले । २०२८ सालमा संगठन विस्तारका लागि नेपाल काठमाडौं आएका थिए । पछि नेपाल क्रान्तिकारी संगठन (माले) मोरङमा आबद्ध भई राजनीतिमा सक्रिय भए ।
(२०८२ कात्तिक १४) शुक्रबारको बैठकबाट दुवैले सहयात्रा तोडेका छन् ।
खनालको जन्म ६ चैत २००६ मा भएको हो । उनले २०२५ सालमा कम्युनिस्ट पार्टीको सदस्यता लिएका थिए । काठमाडौंको अस्कल कलेजबाट आईएस्सी पास गरेपछि बागलुङको गल्कोट गएर खनालले पढाउन थाले । प्रशासनले कम्युनिस्ट गतिविधिमा लागेको भनी २०२७ सालतिर पक्रेर बागलुङ बस्न नपाउने गरी खनाललाई इलाम पु¥याएर छाड्यो । त्यहीँबाट खनाल पार्टी विस्तार अभियानमा सक्रिय बने । सुरुवातमा खनाल इलाम र त्यसपछि झापामा संगठन विस्तारको काममा लागे । २०३२ सालमा एउटै कमिटीमा बसेका नेपाल–खनाल अहिलेसम्म पनि सहयात्री थिए । तर (२०८२ कात्तिक १४) शुक्रबारको बैठकबाट दुवैले सहयात्रा तोडेका छन् ।
