कैलाली, कात्तिक १५
प्रहरीले कैलालीको एक होटलबाट जुवाडे पक्राउ गरेको छ । जुवातास खेलिरहेको अवस्थामा डेढ लाखभन्दा बढी रकमसहित सात जना पक्राउ परेको प्रहरीले जनाएको छ । मोहन्याल गाउँपालिका–७, पितमारीस्थित ग्रीन सिटी होटलमा इलाका प्रहरी कार्यालय चिसापानीको टोलीले बुधबार राति छापा मारी उनीहरूलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रवक्ता डिएसपी राजकुमार सिंहका अनुसार जुवाडेबाट रु. १ लाख ७७ हजार नगद र १२ गड्डी तास बरामद गरिएको छ। उनीहरुलाई कानुन बमोजिम कारवाही गरिने प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरू
१. अम्मर बुढा (६८), मोहन्याल–७
२. महेन्द्र साउँद (३०), मोहन्याल–७
३. डबल बुढा (२६), मोहन्याल–७
४. नेत्र शाही (४८), लम्कीचुहा–१, थकालीपुर
५. कुलबहादुर शाही (६५), चिसापानी
६. बिर्खबहादुर बिष्ट (३८), चिसापानी
७. लोकेन्द्र बहादुर शाही (३०), होटलका सञ्चालक
