काठमाडौँ, कात्तिक १७
नेपाल प्रहरीका पाँच प्रहरी नायब महानिरीक्षकलाई आज दज्र्यानी चिह्न प्रदान गरिएको छ ।नेपाल सरकार गृहमन्त्रीस्तरको आज कात्तिक १७ गतेको निर्णयअनुसार प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायब महानिरीक्षक पदमा पदोन्नति हुनुभएका पाँच प्रहरी नायब महानिरीक्षकलाई दज्र्यानी चिह्न प्रदान गरिएको हो ।
प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबीच उनीहरूलाई दज्र्यानी चिह्न प्रदान गर्नुभयो । दज्र्यानी चिह्न प्राप्त गर्ने प्रहरी नायब महानिरीक्षकहरूमा भूपेन्द्रबहादुर खत्री, सानुराम भट्टराई, ओमप्रसाद अधिकारी, शेखर खनाल र अबिनारायण काफ्ले छन् ।
सो समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक खापुङले दज्र्यानी चिह्नद्वारा सुशोभन भएका प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे। उनले आ–आफ्नो स्थानबाट व्यावसायिक, इमानदार एवं कर्तव्यनिष्ठ प्रहरीको छवि बनाउनेगरी दृढतापूर्वक काम गर्न दज्र्यानी चिहबाट सुशोभित प्रहरी अधिकृतहरूलाई निर्देशन दिए।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
नेपाल प्रहरीका पाँच प्रहरी नायब महानिरीक्षकलाई दज्र्यानी चिह्न प्रदान
Previous Articleझलनाथ खनाल एमाले फर्कन तयार, राखे चार वैचारिक सर्त
Next Article पहिरोमा पुरिएकी विदेशी पर्यटक फेला परिनन्
