काठमाडौ, कात्तिक १९ गते
पूर्व मनत्री तथा युवा नेतृ रामकुमारी झाँक्रीले पार्टीसँगको नेकपा (एकीकृत समाजवादी) संगको आफ्नो यात्रा समाप्त भएको बताएकी छन् ।
उनले बुधबार पत्रकार सम्मेलन गरेर टिप्पणी गरेकी हुन ।
उनले एकीकृत समाजवादी पार्टीको प्रारम्भिक दिनहरूको चर्चा गर्दै, नेकपा एमालेसँगको अलगावबाट नयाँ पार्टी गठन गर्ने क्रममा आफूहरूले ठूलो संघर्ष र अभियानको आशा गरेका थिए। तर अब त्यो सम्भावना समाप्त भएको भनिन्।
झाँक्रीले भनिन समाजवादी पार्टीसँगको यात्रा टुंगिएको भन्दै छ, हाम्रो बाटो अवरुद्ध भएपछि अगाडि बढ्न सक्ने तरिका थाहा पाइएन, त्यसैले यात्रा पनि त्यहाँ टुंगियो। यस क्रममा उनले अवरुद्ध बाटो र यात्रुको उदाहरण दिँदै भने कि यात्रा अघि बढाउनको लागि सही मार्ग चयन गर्नु जरुरी छ।
समाजवादीकी संस्थापक समेत रहेकी उनले एमाले फर्किने संकेत पनि गरिन । उनले समाजवादी र माओवादीको एकताको पक्षमा आफू नरहेको भन्दै पत्रकार सम्मेलनको आयोजना गरेकी हुन ।
