काठमाडौं, २५ कात्तिक
नेकपा एमालेले जनपरिचालन कार्यक्रम अन्तरगत आज देशका ७ सय ५३ वटै पालिकामा जनप्रर्दशन गरेको छ ।
प्रतिगामी षडयन्त्रविरुद्ध एमालेले देशैभरी जनपरिचालन गर्ने निर्णय गरे अनुसार वडा,पालिका,जिल्ला र राष्ट्रिय रुपमा जनप्रर्दशनका कार्यक्रमहरु सार्वजनिक गरेको थियो ।
पार्टी प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार आज देशका सबै पालिकाहरुमा बिरोध प्रदर्शन अन्तर्गत र्याली, मोटरसाइकल र्याली र कोणसभाहरु सम्पन्न भएका छन ।

यसअघि २२ कात्तिकमा देशका सबै ६ हजार ७ सय ४३ वटै वडामा एमालेले वडा भेलाहरु आयोजना गरेको थियो । एमालेले २९ कातिकमा जिल्ला सदरमुकामहरुमा बिरोधसभा तथा ६ मङ्सिरमा काठमाडौमा बृहत् बिरोधसभा गर्दैछ ।
जनप्रदर्शनका भिडियो लाइभ गर्न, सामाजिक संजालमा व्यापक रुपमा पोस्ट गर्न र केन्द्रमा पनि रिपोर्ट पठाउन एमालेले तल्ला कमिटीलाई निर्देशन दिएको छ ।
