काठमाडौ, कात्तिक २६
काङ्ग्रेस केन्द्रिय समिती बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको राजीनामा मागिएको छ ।
सस्थापन पक्षका केन्द्रिय सदस्य जीतजङ्ग बस्नेतले सङकटका बेला पार्टी सभापति शेरबहादुर देउवामाथी आक्रमण गरेको र पार्टी सदस्यता विवाद टुङ्ग्याउन असफल भएको भन्दै उनीहरुको राजीनामा मागेका हुन ।
बैठकको २९ औं दिन पनि केन्द्रिय सदस्यहरुले धारणा राख्नेक्रम जारी छ । बस्नेतले थापा र शर्माको कारण पार्टी कमजोर बनेको आरोप पनि लगाएका छन ।
