काठमाडौ, कात्तिक २६
एमाले स्थायी समिती सदस्य तथा पुर्व मन्त्री कर्णबहादुर थापाले परपीडक सोचले सबैलाई खरानी बनाउन सक्ने चेतावनी दिएका छन ।
एमालेले कार्वाही गरेपछी मातृभुमी जागरण अभियान गठन गरेर सकृय नेता भीम रावल समुहसहित पुष्पकमल दाहाल”प्रचण्ड” र माधवकुमार नेपाल नेतृत्वको नवगठित नेपाली कम्न्युष्ट पार्टीमा समाहित भएकोतर्फ इङ्गित गर्दै थापाले त्यस्तो बताएका हुन ।
थापा केहिबेरअघि नवगठित नेकपामा समाहित भएका थिए ।
एमालेभित्रको अराजनीतिक सोचले नै रावललाई अहिलेको अबस्थामा पुर्याएको भन्दै थापाले परपीडक सोच नहटे सबैलाई खरानी बनाउने चेतावनी दिएर पार्टी अध्यक्ष केपी ओलीलाई झटारो हानेका छन । वियोगको लामो भावुक स्टाटस लेख्दै थापाले अध्यक्ष ओलीले सोच र कार्यशैली सच्याउनुपर्नेमा जोड पनि दिएका छन ।
अहिले पुर्व रास्ट्रपति विद्या भण्डारी समूहमा रहेका थापा पछिल्ला दिनमा ओलीसग असन्तुष्ट थिए ।
सुदुर पश्चिममा लामो समय रावलसग शत्रुतापुर्ण सम्बन्धमा रहेका थापा दुई वर्षयता भने नजिकिएका थिए । उनले रावललाई एमालेमै राख्न कोशिससमेत गरेको केही समय चर्चा पनि चलेको थियो ।
उनले भनेका छन :
सुदुरपश्चिममा नेकपा एमालेको पहिलो पुस्ता अब हामीसंग रहेन । पछिल्लो पुस्ताको ठूलो हिस्सा जोडिएको छैन, जोेड्न कोही लागिपरेको पनि देखिएको छैन। बरू भईरहेकाहरूलाई खेद्न एउटा पंक्तिको रहष्यमय सकृयता रहेकैछ ।
दशकौ पार्टी काममा सहयोद्वाका रूपमा काम गरेका कमरेडहरू पार्टीबाट बाहिरिदा मन चसक्क हुदो रहेछ । पार्टी भित्र रहदा मतभिन्नता र आन्तरिक संघर्ष हुन्छ । अलिअलि मन मुटाव पनि स्वभाविकै हुन्छ । तर नियोजित रूपमा पार्टीमा बस्न नदिने व्यबहार कुनै दृष्टिकोणले पनि उचित हुन सक्दैन । अनेक समयमा पार्टीबाट बाहिरिने साथीहरूको म संग कुनै गुनासो छ भने त्यसका लागि म क्षमा माग्न चहान्छु, यस प्रदेशको एक अगुवाका हैसियतले ।
निकै प्रतिकुल समयमा महत्त्वपूर्ण योगदान गरेका कमरेडहरू सहज परिस्थितिमा एकताबद्ध भएर देशको शंकट टार्न लाग्गु पर्ने थियो । हामी भित्र हुर्केको अराजनीतिक सोचले हामीलाई एक ठाउँमा रहन दिएन । भोलीका दिन अझै कठिन हुनेछन । अरूको अबसानमा आफ्नो भविष्य देख्ने परपीडक सोचले सबैलाई खरानी बनाउनेछ ।
१६/ १७ वर्षको कलिलो उमेरमै राजनीतिक काममा हाम फालियो । थुप्रै चुनौतीको सामना गरियो, लडाइँ लडियो । हारको पीडा पनि भोगियो, विजयको उत्सब पनि मनाईयो । देश, दुनियाँ देखियो, भोगियो तर यस पटकको जस्तो अभिमान र प्रतिस्ठाको लडाइँले उत्पन्न गरेको आगोले जलेको देश कहिल्यै देखेको थिईन ।
जो जहाँ हुनुहुन्छ सत्यको पक्षमा रहनु होला । देश, जनता र क्रान्ति लाई धोखा नदिनु होला । आफ्नो स्वार्थको लागि लक्ष्य नभुल्नुहोला । सबैलाई एक बनाउने र सकेको सहयोग गर्ने मेरो संकल्पबाट म कहिल्यै पछि हट्ने छैन ।
एमालेका यस प्रदेशका सबै नेता, कार्यकर्ता, समर्थक र शुभेच्छुकलाई यथार्थको जगमा उभिएर दृढताका साथ पार्टीमा सकृय रहन अपिल गर्दछु ।