डडेल्धुरा, कात्तिक २९ गते
सुरक्षित गर्भपतन सेवा लिने महिलाहरुमध्ये २० वर्ष मुनिका किशोरीहरुको चुनौती कायमै रहेको छ । सुरक्षित गर्भपतन गराउनेहरुमा २० मुनिका किशोरीहरुको सख्या वर्षेनी देखिदा चुनौती कायमै रहेको हो ।
स्वास्थ्य कार्यालय डडेल्धुराको तथ्यांक अनुसार आर्थिक वर्ष २०८०/०८१ मा जम्मा एक हजार १९ महिलाले सुरक्षित गर्भपतन सेवा लिएका थिए । यो संख्या मध्ये ५६ जना २० वर्ष मुनिका किशोरीहरु थिए । उहाँहरुले जिल्लाका सुरक्षित गर्भपतन गरिने विभिन्न स्वास्थ्य सस्थाहरुबाट सुरक्षित गर्भपत सेवा लिएको स्वास्ध्य कार्यालय प्रमुख केशर साउदले बताए ।
उनका अनुसार आर्थिक वर्ष २०८१/०८२ मा एक हजार ६२ महिलाले सुरक्षित गर्भपतन सेवा लिनु भएको छ । यो संख्यामध्ये ३२ जना २० वर्ष मुनिका किशोरीहरुले रहेका छन । स्वास्थ्य कार्यालय डडेल्धुराका आमा सुरक्षा कार्यक्रम फोकल पर्सन आशा थापाले महिलाहरुले २० वर्ष मुनि गर्भपतन गराउनु स्वास्थ्यका दृष्टिकोणमा अत्यन्तै समस्याको विषय भएको बताइन ।
२० वर्षमुनि आफनै शरिर शारिरक तथा मानसिक रुपमा परिपक्क नभएको अवस्थामा थुप्रै समस्या आउन सक्ने सम्भावना बढी हुन्छ । यसको रोकथामका लागि थुपै जनचेतना मुलक कार्यक्रमहरु गर्दै आएकोमा रोकथाम तथा नियन्त्रण गर्न चुनौती रहेको फोकल पर्शन थापाको भनाई छ ।
कार्यालय प्रमुख साउदका अनुसार सरकारले व्यवस्थापन गर्न नसक्दा समस्या चुनौतीका रुपमा खडा भएको छ । अस्थायी साधनहरुकोसमेत अभाव सृजना हुँदा समस्या भएको उहाँको भनाई छ । परिवार नियोजनको अस्थायी साधन आईयुसिडी सेवासमेत अहिले दिन सकिने अवस्था नरहेको कार्यालय प्रमुख साउदले बताए । यहाँको समुदायमा २० वर्ष नहुदै विवाह हुने भएका कारण पनि २० वर्ष मुनिका किशोरीहरुले गर्भपतन गराउद चुनौती थपिएको छ ।
जिल्लामा डडेल्धुरा अस्पताल लगायत अमरगढी नगरपालिकामा दुई, नवदुर्गा गाउँपालिकामा चार, परशुराम नगरपालिकामा चार, आलिताल गाउँपालिकामा दुई, भागेश्वर गाउँपालिकामा चार, गन्यापधुरा गाउँपालिकामा छ वटा र अजयमेरु गाउँपालिकामा चार वटा गरि जिल्लाभर २६ वटा स्वास्थ्य संस्थाबाट सुरक्षित गर्वपतन सेवा प्रवाह भइरहेको छ ।
सुरक्षित गर्भपतन गराउने स्वास्थ्य संस्थाको तथ्यांक मात्रै हेर्दा २० वर्ष मुनिका किशोरीहरुको संख्याले चुनौती थपेको देखिन्छ । अवैध रुपमा गर्भपतन पनि गरिने समाचार सुन्नमा आउदा यो संख्या अझै बढी हुने र यसले किशोरी स्वाथ्यमा प्रतिकुल असर पारिरहेको उहाँको भनाई छ ।
