काठमाडौं, मंसिर ४
नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रतिस्पर्धा गर्ने बताएका छन् । एमाले सचिवालय बैठकमा भावी अध्यक्षमा दाबी प्रस्तुत गर्दै प्रतिस्पर्धा पोखरेलले ओलीलाई जानकारी गराएका हुन् ।
पोखरेलले ओलीलाई नेतृत्वबाट बिदा लिएर अभिभावक बन्न आग्रह गरेका थिए । उनले सकेसम्म आफूलाई सर्वसम्मतका लागि सघाउन ओलीलाई आग्रह गरे । ओलीले नेतृत्व सर्वसम्मत चयन गरौँ नत्र स्वस्थ प्रतिस्पर्धाका लागि तयार रहेको बताएका थिए ।
झलनाथ, माधव, भीम रावलहरूको उदाहरण दिँदै ओलीले विगतमा प्रतिस्पर्धाबाट हारेकाहरूले टुटफुट र पार्टी विभाजनसम्मको गतिविधि गरेको उदाहरण दिँदै एकढिक्का भएर जानुपर्ने अहिलेको अवस्थामा त्यस्तो नहोस् भन्ने आफ्नो चाहाना रहेको समेत बताएका थिए ।
तर पोखरेलले आफू योग्य रहेको र प्रतिस्पर्धाका लागि तयारी गरिरहेको समेत जानकारी गराएपछि ओलीको अनुहार मलीन भएको थियो । ‘इश्वर पोखरेलले लामो सम्बोधन गर्दै नेतृत्वमा आफ्नो दावी राख्नु भयो । त्यसक्रममा अध्यक्ष ओलीको अनुहार मलीन भएको थियो’, एक सचिवालय सदस्यले भने ।
