काठमाडौं, ६ मंसिर । नेकपा एमालेले आगामी फागुन २१ मा हुने निर्वाचनका लागि दल दर्ता गर्ने भएको छ । निर्वाचन विभाग प्रमुख निरज आचार्यले संविधानमा भएको व्यवस्था अनुसार एमाले अघि बढ्ने बताए । ‘हामी संविधान मान्छौ,संविधान अनुसार इन्सिच्युसनहरुलाई अपडेट गर्छौं तर नहुने चुनावको पछि कुददैनौ’ निर्वाचन विभाग प्रमुख निरज आचार्यले भने ।
२१ फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनका लागि निर्वाचन आयोगले १० मङ्सिरसम्म राजनीतिक दल दर्ताको लागि समयसिमा तोकेको छ ।त्यही सिमाभित्र दल दर्ता गर्नेगरी पार्टीले तयारी गरिरहेको आचार्यले बताए । आगामी माघमा हुने राष्ट्रिय सभा निर्वाचनका लागि पनि केही दिनअघि एमालेले दल दर्ता गराएको थियो ।
