काठमाडौँ, १७ मंसिर । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले आसन्न १५ औँ महाधिवेशनमा आफू सभापति पदको उम्मेदवार हुने घोषणा गरेका छन् । शेखर कोइराला, पूर्णबहादुर खड्का, कृष्ण सिटौला लगायतले सभापतिमा दावी गरिरहेका बेला थापाले पनि घोषणा गरेका हुन् ।
एक कार्यक्रम बोल्दै महामन्त्री थापाले आफू सभापतिको उम्मेदवार हुने घोषणा गरेका छन् । ‘म १५ औँ महाधिवेशनको सभापतिको उम्मेदवार हो र मलाई के विश्वास छ भने नेपाली काँग्रेसका बहुसंख्यक महाधिवेशन प्रतिनिधिहरूले मलाई यो ऐतिहासिक पार्टीको नेतृत्व गर्ने जिम्मेवारी दिनुहुन्छ भन्ने मलाई विश्वास छ’ थापाले भनेका छन् ।
उनले महाधिवेशनको मिति घोषणा भइसकेकोले सभापतिमा आफ्नो उम्मेदवार रहने कुरा स्वाभाविक भएको बताएका छन् । नेपाली काँग्रेसको १५औँ महाधिवेशन पुस २६देखि २९ गते सम्मकाठमाडौँमा हुँदै छ ।
