काठमाडौं, १९ मंसिर ।
एमाले स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले उपमहासचिव पदका लागि उम्मेदवारी घोषणा गरेका छन् । आफ्ना शुभेच्छुकहरुलाई एसएमएस पठाउदै उनले उपमहासचिव पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । एमालेको ११ औ महाधिवेशनमा तामाङले उम्मेदवारी घोषणा गरेपछि समकालीन नेताहरुबीच कौतुहलता सिर्जना भएको छ । हाल केपी ओली समूहको वकालत गर्दै आएका तामाङलाई पोखरेल समूहले पनि नजिकबाट नियाली रहेको छ । उनले ओली समूहलाई समर्थन गर्ने भन्दै एसएमएस पठाएका छन् ।
‘नमस्कार शुभ दिन
एमाले ११ औं महाधिवेशनमा केपी ओलीलाई समर्थन गर्दै उपमहासचिवमा मेरो शसक्त दाबेदारी रहन्छ । हजुरको सहयोग तथा सुझावको हार्दिक अपेक्षा गर्दछु । हाम्रो सोलिडारिटी सँधै रहनेछ’, उनले भनेका छन् । एघारौ महाधिवेशनका लागि उपमहासचिव पदको उम्मेदवार घोषणा गर्ने उनी पहिलो एमाले नेता हुन् । उनी पहिला एमाले कार्यालय सचिव रहेका थिए । शंकर पोखरेलले उनलाई हटाएर भीष्म अधिकारीलाई ल्याएका हुन् ।
