काठमाडौं, १९ मंसिर ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच शुक्रबार अपराह्न देउवा निवास, महाराजगञ्जमा भएको भेटमा समसामयिक राजनीतिक परिस्थितिबारे व्यापक छलफल भएको छ।
अध्यक्ष ओलीको सचिवालयका अनुसार दुवै नेताबीच मुलुकको वर्तमान राजनीतिक अवस्था, संसद् पुनःस्थापना मुद्दा तथा अन्य समसामयिक विषयमा कुराकानी केन्द्रित रह्यो।
यो भेट जेन–जी आन्दोलनले सरकारबाट बहिर्गमन गराएपछि पूर्वप्रधानमन्त्रीद्वयबीच भएको पहिलो औपचारिक संवाद हो। छलफलका क्रममा देउवाकी पत्नी डा. आरजु राणा र ओली पत्नी राधिका शाक्य पनि उपस्थित थिए।
