काठमाडौं, २० मंसिर ।
एमालेको महाधिवेशनमा पत्रकार गणेश बस्नेतले केन्द्रीय सदस्य हुने रहर देखाएका छन् । २७–२९ मा सम्पन्न हुने एमालेको ११ औँ महाधिवेशनमा दुई पत्रकार नेता राजेन्द्र अर्यालले केन्द्रीय सदस्य हुने घोषणा गर्दा नगर्दै बस्नेत पनि रहर गरेका छन् । विगतमा रघु पन्त, विष्णु रिजाल, सूर्य थापाको पथमा अर्याल र बस्नेत लागेका छन् ।
प्रेस चौतारी नेपालका निवर्तमान अध्यक्ष गणेश बस्नेतले उम्मेदवारी दिने गरी तयारी गरेका छन् । पूर्वअध्यक्ष अर्यालले समकालीन पार्टी सहयोद्धा पार्टी नेतृत्वको उपल्लो तहमा पुगिसकेको अवस्थामा बस्नेत पनि अघि बढेका हुन् । बस्नेत केपी ओलीलाई बा भन्ने भएकाले उनी केन्द्रीय सदस्य हुनसक्ने आँकलन गरिएको छ । बस्नेत २०५२ सालका संगठित सदस्य भएका थिए । पार्टी काममा दोलखा–काठमाडौं सम्पर्क मञ्च हुँदै अगाडि बढेका थिए । बस्नेतले ५० को दशकको शुरूवातदेखि छलफल साप्ताहिकबाट पत्रकारिता शुरू गरेका थिए् ।
