काठमाडौं, २० मंसिर ।
एमालेका युवा नेता ठाकुर गैर यसपटक पदाधिकारीको दावीमा लागेका छन् । एमालेको ११ औं महाधिवेशनमा गैरले पदाधिकारी दावी गर्न लागेका हुन् । उनले औपचारिक रुपमा आफ्नो उम्मेदवारी घोषणा गरेका छैनन । तर आफू निकट रहेका नेताहरुसँग यसपटक आफू पदाधिकारीको दावी लागेको बताइसकेका छन् । पूर्व युवराज पासस शाहको गाडीले संगीतकार प्रवीण गुरुङलाई ठक्कर दिदा हजारौ नागरिक हस्ताक्षर गरेर दरवारमा बुझाउने पहिलो युवा नेता हुन् । काठमाडौंको दरबारमार्गमा २०५७ साल साउन २२ गते भीआईपीले चलाएको गाडीले ठक्कर दिँदा गायक गुरुङको मृत्यु भएको थियो । प्रवीण गुरुङको मृत्यु भएपछि त्यो घटना नै गुपचुप भयो ,कसैले बोेल्ने आँट गरेनन् । तर गैर नेतृत्वको अनेरास्ववियूले पारसलाई कारवाही गर्न माग गर्दै आन्दोलन गरेको थियो । सोही आन्दोलनको क्रममा ५ लाख हस्ताक्षर संकलन गरी दरवारमा बुझाइएको थियो । गैरलेलाई तत्कालिन विद्यार्थी नेता रविन्द्र अधिकारीले साथ र सहयोग गरेका थिए ।
राजसंस्थामाथि सहजै प्रश्न उठाउन नसकिने बेलामा भएको थियो, प्रवीण गुरुङ ‘हत्याकाण्ड’ । कालजयी गीत ‘यो नानीको मिर्मिरे आँखा’ का गीतकार तथा संगीतकार गुरुङलाई पारसले चलाएको गाडीले किचेको थियो । २०५७ साल साउन २२ गतेका दिन नारायणहिटी राजदबारको दक्षिणी गेटबाट पारसको गाडी निस्कियो । उक्त गाडीले बाटोमा एउटा मोटरसाइकललाई ठक्कर दियो । घटनास्थलमै मोटरसाइकलचालकको मृत्यू भयो ।
यो घटनालाई दवाउन निर्मल निवासले निकै प्रयास गर्यो तर सफल भएन । सो घट्ना सञ्चारमाध्यममा आइसकेपछि पारसलाई कारवाही गर्नुपर्ने मागसहित विद्यार्थी संगठनहरु आन्दोलनमा उत्रिए । ५ लाख २३ हजारको हस्ताक्षर संकलन गरी दरबारमा बुझाइएको थियो ।
राजा वीरेन्द्रले आफू यस विषयमा गम्भीर भएको भन्दै गैरे लगायतलाई लिखित जवाफ पठाएका थिए । तर, पारसले कारवाही भने भोग्नुपरेन । पछि खड्कबहादुर भुजेल नामका एक नक्कली ड्राइभर खडा गरियो । उनले पारसको ठाउँमा प्रविण हत्याको जिम्मेवारी लिएर जेल गए ।
गैरे एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्ष हुँदै पार्टीको केन्द्रीय सदस्य देखि पोलिटब्यूरो सदस्य भइसकेका व्यक्ति हुन् । अनेरास्ववियुका पूर्वअध्यक्ष गैरे तीनपटक केन्द्रीय सदस्य निर्वाचित भइसकेका युवा नेता हुन् । उनी अहिले पोलिटब्यूरो सदस्य छन् । हुन त गैरे विगतमा शीर्ष नेताहरुको रुचिमा नपरेका नेताका रुपमा चिनिन्थे । उनी बुटवलको आठौं महाधिवेशनमा झलनाथ खनाल र केपी शर्मा ओली कुनै पनि प्यानलमा परेका थिएनन् । तर प्यानल बाहिरबाटै केन्द्रीय सदस्य जिते । गैरेले राष्ट्रिय स्वाधीनताको आन्दोलनको अगुवाइ गर्दै आएका हुन् ।
गैरे यस्ता व्यक्ति हुन जसले सदनमा पूर्व राजा ज्ञानेन्द शाहलाई कारवाही माग गर्दै आफ्नो धारणा राखेपछि शाहको सचिवालय पूर्व राज सम्बोधन गर्न थालेको थियो ।
तत्कालिन सांसद गैरेले पूर्वराजा ज्ञानेन्द्र शाह र संवाद सचिव डा. फणिन्द्रराज पाठकलाई कारबाहीको माग गरेका थिए ।
सांसद गैरेले २०८२ साल वैशाख १४ संसदमा विशेष समय लिएर बोल्दै कारवाहीको माग गरेका थिए । संवाद सचिवको रुपमा पाठकले एक संवेदना वक्तव्य जारी गर्दा उक्त वक्तव्यमा ‘श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट बक्सेको संवेदना सन्देश’ लेखिएको भनेर उनले सरकारको ध्यानाकर्षण गरेका थिए ।
‘हिजो १३ गते अत्यन्तै लज्जास्पद र संविधानविपरीतको एउटा वक्तव्य आयो । डा। फणिन्द्रराज पाठक संवाद सचिवको नामबाट प्रकाशित भएको वक्तव्य । त्यस वक्तव्यको हेडलाइनमना लेखिएको छ( श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट बक्सेको संवेदना सन्देश’, २०८२ वैशाख १४ गते आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद गैरेले भनेका थिए।
संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा यस्तो लेख्न नपाइने उनको आग्रह छ । ‘म सरकारको ध्यानाकर्षण गर्न चाहन्छु । नेपालको संविधान र नेपालको आजको व्यवस्थामा श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेव भन्ने कहाँ छ ?’ गैरेले प्रश्न गरे, ‘यो लेख्न कसरी सकिन्छ ? यो कसरी सम्भव भयो ? यो पाइन्छ कि पाइँदैन ?’
उनले यस्तो माग गरेपछि प्रहरीले फाठकलाई बोलाएर संविधान अनुसार चल्नअ निर्दैशन दिएको थियो । अहिले ज्ञानेन्द्रको सचिवालयले पूर्व राजा सम्बोधन गरेर विज्ञप्तिहरु जारी गर्ने गरेको छ ।
