काठमाडौ, २१ मङ्सिर । एमाले अध्यक्ष केपी शर्मा ओलीले खुल्ला चुनौती दिएकै दिन पुर्व राष्ट्रपति विद्या भण्डारीले प्रधानमन्त्री शुशिला कार्कीसग भेटवार्ता गरेकी छिन ।
जेनजी आन्दोलनपछि ओलीलाई भेट्न त परैजावस मुखैसमेत हेर्ने मन नभएको भनेर चर्चामा आएकी प्रधानमन्त्री कार्कीले आफुलाई सम्पत्ति शुद्धीकरण विभाग लगाएर पक्राउ गर्न खोजेको ओलीले शनिबार बताएका थिए ।
अर्कोतिर मुलधारको एक दैनिक पत्रीकासँगको आइतबारको अन्तर्वार्तामा ओलीले एघारौं महाधिवेशनमा भण्डारी समर्थित अध्यक्षका प्रत्यासी ईश्वर पोखरेलसहित पदाधिकारीमा उठ्ने उम्मेदवारले कति मत ल्याउलान हेरौंला भन्दै खिसिटिउरी गरेका थिए ।
ओलीले प्रधानमन्त्री कार्की र भण्डारीबारे त्यस्तो टिप्पणी गरेको २४ घण्टा नबित्दै उनीहरुबीच भेट हुनुलाई सयोग मात्र होइन, राजनीतिक वृत्तमा अर्थपुर्ण मानिएको छ ।
एमाले अध्यक्ष बन्नेगरी पार्टी राजनीतिमा कम ब्याक हुने भण्डारीको योजनालाई सदस्यता नविकरणमा ओलीले ब्रेक लगाएपछि उनीहरुबीचको सम्बन्ध तिक्त छ ।
पछिल्लो भेटले एघारौं महाधिवेशन नजिकिदै गर्दा उनीहरुबीच वारपारकै संघर्ष हुनसक्ने गम्भीर सङ्केतका रुपमा पनि लिइएको छ ।
