काठमाडौं, २२ मंसिर ।
एमालेको११ औ महाधिवेशन नजिक आएसँगै स्थायी कमिटी र पोलिटब्युरोमा रहेका थुप्रै नेताहरू सचिवका आकांक्षी छन् । स्थायी कमिटीमा रहेका प्रचार विभागका प्रमुख राजेन्द्र गौतम, महेश बस्नेत, राजेन्द्र गौतम, खगराज अधिकारी, डा राजन भट्टराई, रघुजी पन्त, गोकुल बाँस्कोटा, हिक्मत कार्की, किरण गुरुङ, लालबाबु पण्डित, पार्वत गुरुङ, अरुण नेपाल, आनन्दप्रसाद पोखरेल, काशीनाथ अधिकारी, कर्ण थापा, हिक्मत कार्की, शेरबहादुर तामाङ, शेरधन राई, यमलाल कँडेल, अग्नि खरेल, कृष्णगोपाल श्रेष्ठ, गोरखबहादुर बोगटी, सीताकुमारी पौडेल, थममाया थापा, लीलानाथ श्रेष्ठलगायत छन् ।
यिनीहरूमध्ये अग्नि खरेल र कृष्णगोपाल श्रेष्ठको पनि पछिल्ला दिनमा संस्थापनसँग दूरी बढेको छ । उता, नेकपा एसबाट प्रवेश गरेकी रामकुमारी झाँक्रीको नाम पनि सचिवमै चलिरहेको छ भने सचिवमा चर्चामा रहेका बस्नेतलाई ओलीले उपमहासचिवमा उठाउन सक्ने सम्भावना रहेको पनि स्रोतले दाबी गरेको छ ।
