काठमाडौं, २६ मंसिर
जेनजी आन्दोलनपछि नेकपा एमालेभित्र युवाहरुले पार्टीको केन्द्रीय सदस्यमा रुची राख्दै आएका छन् । यस्तै रुची राख्नेमा भोजपुरका युवा नेता पूर्वा शेर्पाले पनि केन्द्रीय सदस्यमा डेब्यू गर्ने तयारी गरेकाछन् ।
६२÷६३ सालमा विध्यार्थी हुँदै राजनीतिमा सक्रीय रहेका फूर्वा ,तीन विषयमा स्नातकोत्तर गरेका र – प्राध्यापक तथा परराष्ट्र मामिला जानकार हुन ।
भद्र, सालिन र बौद्धिक युवा नेताको रूपमा परिचय कमाएमा शेर्पा सानै उमेरबाट राजनीतिमा लागेका कारण अहिले कोशी सम्पर्क कमिटीबाट प्रतिनीधि रहेका छन् ।
जातीय नेपाल शेर्पा सङ्घका उपमहासचिव , अल्पसंख्यक शेर्पा समुदायबाट यूवा केन्द्रीय सदस्यका आकांक्षी रहेका शेर्पा कोशी सम्पर्कबाट ११औँ राष्ट्रिय महाधिवेशन प्रतिनिधिमा निर्वाचत भएका थिए । भोजपुर–काठमाडौं सम्पर्क मञ्चका पूर्व अध्यक्ष एवम् कोशी प्रदेश सम्पर्क सदस्य रहेका शेर्पाले नेपालको परराष्ट्र नीति र नेपालको दायित्वको विषयमा विभिन्न सेमिनरहरुमा आफ्नो तर्फबाट कार्यपत्र समेत प्रस्तुत गरिसकेका छन् ।
उनी सम्पर्क मञ्चको अध्यक्ष हुँदा केन्द्रको मूल्याकनमा मञ्चलाइ आफ्नो नेतृत्वमा कोशी प्रदेश सम्पर्क भित्र १४ जिल्लामा प्रथम स्थान बनाएका थिए । कुशल सांगठक र देशभरिका सम्पर्क मञ्चहरु मध्य भोजपुरमा करीब ८०० सदस्यता बनाउँन महत्वपुर्ण भूमिका खेलेका थिए ।
