काठमाडौ, २० पुस।
राष्ट्रिय सभा निर्वाचन नजिकिँदै जाँदा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूबीच छलफल तीव्र बनेको छ। नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका नेताहरू चुनावी तालमेलको सम्भावनाबारे आन्तरिक र आपसी संवादमा जुटिरहेका छन्।
यसैक्रममा आइतबार बिहान नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ। भेटमा राष्ट्रिय सभा निर्वाचनमा सहकार्य गर्ने विषय मुख्य एजेन्डाका रूपमा उठेको बताइएको छ। यद्यपि, छलफलको विषयवस्तुबारे औपचारिक जानकारी सार्वजनिक गरिएको छैन।
दाहाल नयाँ दिल्ली भ्रमणमा जानुअघि ओलीसँग भेट गरेका हुन्हो।
राष्ट्रिय सभाका १९ सदस्यको कार्यकाल आगामी फागुन २० गते सकिँदैछ। तीमध्ये एक सदस्य वामदेव गौतम राष्ट्रपतिबाट मनोनीत हुन् भने बाँकी १८ सिटका लागि माघ ११ गते निर्वाचन हुँदैछ।
