काठमाडौं २० पुस।
भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका घटनाबारे पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जाँचबुझ आयोगलाई लिखित बयान दिएका छन्।
जाँचबुझ आयोगको टोली आइतबार भक्तपुरस्थित ओलीको निवास गुण्डुमा पुगेर उनको बयान लिएको हो। आयोगको टोलीलाई ओलीले जेनजी आन्दोलनका घटनाको विवरण समेटिएको लिखित बयान बुझाएका गुण्डु स्रोतले पुष्टि गरेको छ।
‘आयोगको टोली उहाँको निवासमा आएको थियो। उहाँले पहिल्यै तयार गर्नुभएको लिखित बयान टोलीलाई बुझाएर पठाउनुभएको हो,’ स्रोतले बतायो।
यसअघि ओलीले जाँचबुझ आयोगको कार्यालय सिंहदरबारमा गएर बयान नदिने अडान लिँदै आएका थिए। तर आयोगको टोली आफ्नै निवासमा आएमा आफ्नो धारणा राख्न तयार रहेको बताएका थिए। सोही अनुरूप आयोगको टोली उनको निवासमा पुगेको हो।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
जेन–जी आन्दोलन प्रकरणः पूर्वप्रधानमन्त्री ओलीले जाँचबुझ आयोगलाई लिखित बयान बुझाए
Previous Articleचोभारको गुफा: प्रकृति, इतिहास र रहस्यको संगम
