सोलुखुम्बु,२२ पौष । नेकपा एमाले सोलुखुम्बुबाट आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको उम्मेदवारका लागि एकल सिफारिस हुन नसक्दा पाँच जनाको नाम सिफारिस भएको छ।
नेकपा एमाले जिल्ला कमिटी सोलुखुम्बुको आज बसेको बिस्तारित बैठकले कल्पना राई,डुफ कुमार बास्तोला,वीर उदास श्रेष्ठ,मानबीर राई र सूर्यकुमारी सुनुवारको नाम पनि बैठकले सिफारिस गरेको छ। सिफारिस भएका ब्यक्तिहरुको नाम प्राथमिकताका आधारमा नभई बर्णानुक्रम अनुसार राखिएको जनाईएको छ ।
सिफारिस भएका मध्य मानबीर पूर्ब रक्षामन्त्री एबम् नेकपा एमाले केन्द्रीय कमिटी सदस्य,डुफकुमार जिल्ला कमिटी सोलुखुम्बुका अध्यक्ष, कल्पना जिल्ला कमिटी सचिब,,वीर उदास जिल्ला सचिवलय सदस्य र सूर्य कुमारी कोशी प्रदेश कमिटी सदस्य हुन्। पूर्व रक्षामन्त्री मानवीर राईको कार्यशैलीप्रति जिल्लाका नेता र कार्यकर्ताले विरोध गरेपछि पाँच जनाको नाम सिफारिस भएको हो ।
सांसदमा विजयी भएपछि कार्यकर्ताहरुको समीपमा रहन नचाहेको र वेवास्था गरेको तथा जिल्लाको विकास निर्माणमा ध्यान दिन नसकेको जस्ता विषयले जिल्ला कमिटीमा छलफलको विषय बन्न थालेपछि एमाले सोलुमा ठूलै लफडा भएको छ । उम्मेदवार छनौटको दिन काठमाडौमा पनि एमाले नेताहरुले छलफल गरेका थिए ।
