काठमाडौं, २३ पुस । राष्ट्रिय सभा निर्वाचनका लागि एमालेले केन्द्रीय सदस्य लीला भण्डारीलाई उम्मेदवार बनाउने भएको छ । ११ औ महाधिवेशनबाट फेरि केन्द्रीय सदस्य निर्वाचित भण्डारी कैलाली इन्चार्ज भएसँगै राष्ट्रिय सभा सदस्यको यात्रा तय हुने भएको छ ।
उनी ०६४ को संविधान सभा निर्वाचनमा तत्कालिन माओवादीबाट कैलाली क्षेत्र नम्बर ६ बाट निर्वाचित हुँदै डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा शिक्षा राज्यमन्त्री पनि भएकी थिइन । माओवादीमा रहँदा भूमिगत भएर विभिन्न मोर्चा सम्हालेकी भण्डारी एमाले चितवनमा भएको १० महाधिवेशन अघि एमाले भएर केन्द्रीय सदस्य भएकी थिइन । १० महाधिवेशनबाट पनि केन्द्रीय सदस्य भएकी उनी पोलिटव्यूरो सदस्य समेत भएकी थिइन ।
