काठमाडौं, २३ पुस । ऊर्जामन्त्री कुलमान घिसिङले पदबाट राजीनामा बुझाएका छन् । उनले अहिले केहीबेरअघि बालुवाटार पुगेर प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीनामा बुझाएका हुन् । राजिनामा बुझाएर पत्रकार सम्मेलन गरेका थिए ।
प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद बैठकमा राजनीतिक दलमा जोडिएका मन्त्रीहरुलाई मार्गप्रशस्त गर्न आग्रह गरेकी थिइन् । घिसिङ रास्वपामा औपचारिकरूपले जोडिएपछि राजीनामा दिने सोचमा थिए ।
घिसिङ रास्वपाबाट आगामी आमनिर्वाचनमा भाग लिने योजनामा छन् । काठमाडौं ३ बाट उम्मेदवारी दिने उनको तयारी छ । निर्वाचनमा उम्मेदवारी दर्ता गर्नुअघि राजीनामा दिने घिसिङले बताउँदै आएका थिए ।

