काठमाडौ , २ माघ।
भारतमा भएको भारतीय सेनाको परेडमा नेपाली सेनाको ३३ सदस्यीय टोली पुगेको छ ।
नेपालस्थित भारतीय दूतावासका अनुसार नेपालबाट ३३ जना पुगेका थिए । भारतको जयपुर राज्यको राजधानी जयपुरमा आज भएको परेड भारतीय सेनाको स्थापनाको ७८औँ परेड हो ।
परेड हेर्न हजारौँ भारतीयको भिड भएको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् । परेडमा भारतका रक्षामन्त्री राजनाथ सिंह र प्रधानसेनापति उपेन्द्र द्धिवेदी पनि सहभागी भएका छन् ।
