काठमाडौ , २ माघ, काठमाडौं जिल्ला चन्द्रागिरी नगरपालिका वडा नं. २ नागढुङ्गा स्थित चेक प्वाइन्टमा धनगडी देखि काठमाडौं तर्फ आउँदै गरेको यात्रुवाहक बसलाई प्रभाग नागढुङगाबाट खटिएको प्रहरी टोली तथा लागुऔषध नियन्त्रण ब्युरो, शाखा कार्यालय नागढुङ्गा सहितको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा उक्त बसमा सवार जिल्ला कैलालि घोडाघोडी नगरपालिका वडा नं.५ बस्ने अं. बर्ष २५ को कृष्ण बहादुर कुवँरलाई शंका लागी चेकजाँच गर्दा निजले प्लाष्टिकले बेरी आफ्नो ज्याकेटको खल्तिमा लुकाई छिपाई गरि ल्याएको अबस्थामा प्रतिबन्धित लागु औषध खैरो हिरोईन (ब्राउन सुगर) जस्तो देखिने गिलो पदार्थ मान्यता प्राप्त तराजुमा तौल गर्दा शुद्ध तौल ६ (छ) ग्राम सहित नियन्त्रणमा लिई बृत्त थानकोटद्वारा थप अनुसन्धान गरिरहेको छ ।
