काठमाडौँ, ३ माघ । नवलपरासी (बर्दघाट सुस्ता पुर्व) क्षेत्र नम्बर १को प्रतिनिधि सभा सदस्यका लागि एमालेले भागिरथ सापकोटालाई उम्मेदवार बनाएको छ । २०७९को निर्वाचनमा नेपाली कांग्रेसका नेता डा.शशांक कोइराला निर्वाचित भएको क्षेत्रमा यसपटक सापकोटालाई एमालेले अघि सारेको हो। राजनीतिलाई पेशा र व्यवशायसँग जोड्नु पर्छ भनेर वकालत गरिरहेका सापाकोटालाई एमालेले अघि सारेको हो ।
कोइरालाले यसअघि आफ्ना प्रतिस्प्रर्धि भन्दा २ हजार ८४ मतान्तर बनाएर निवार्चित भएका कारण पनि यसपटक एमालेले त्यहाँ लोकप्रिय रहेका नेतालाई उम्मेदवार बनाएको हो । सापकोटा नेपाल उद्योग व्यवशायी महासंघका अध्यक्ष हुन् । लामो समय एमालेको राजनीतिमा रहेका सापकोटा अर्थ राजनीतिका प्रखर व्याख्यता पनि हुन ।
त्यस क्षेत्रबाट चौथो पटक निर्वाचित कोइरालालाई यसपटक कांग्रेसले उम्मेदवार बनाउने संभावना निकै कम रहेको छ ।
