राधकृष्ण देउजा
युवा युवतीको मृत्यु हुने परिवेश खडा गराएर पनि नेपाललाइ खरानी बनाउने आफ्नो सपना पुरा नभए पछि भाद्र २४ गते सिंह दरबार , सर्वोच्च अदालत , संसद भवन जस्ता नेपालको स्वाधीनता र सार्वभौमसत्ता संग साइनो राख्ने राष्ट्रिय महत्वका संरचनाहरु जलाउने , निजि घरहरु देखि देशभर प्रहरी कार्यालयसम्म जलाउने अनि राज्यलाइ असफल देखाउन देशका प्रधानमन्त्री , मन्त्री , भूपू प्रधानमन्त्रीहरुलाइ मार्ने मनसायले आक्रमण गर्ने गराउने , जनताले निर्वाचित गरेर बनेको संसद विगठन गराउन व्यापक दवाव दिने जस्ता आतंककारी काम गर्ने नेपाली नाम र अनुहार भएका नेपाल विरोधी कुपात्रहरुलाइ नडराइकन तिमिहरु आतंककारी हौ भन्नसक्नुपर्छ ।
नेपाल बाहिर प्रवासी नेपाली भएर रहेकोले मत हाल्न पाइने छैन तर गाली र ताली खान तयार भएर अवको निर्वाचनमा मेरो निम्न धारणा संग धारणा मिल्ने दललाइ समानुपातिकमा र प्रत्यक्षमा दल हैन उमेदवारकै प्रतिवद्धता समेतलाइ हेरेर मत माग्ने निधो गरेको छुः
१. देशको शासन सत्ताको संचालनमा भए रहेकाहरु बाट गलत काम कारवाही हुँदै आएको , जनता भन्दा भ्रष्ट विचौलियाहरुलाइ प्रिय बनाइएको, जनताले गरेको निरन्तरको खवरदारीलाइ अनदेखा र अनसुनी गरिएको हुनाले नै देशमा चरम असन्तुष्टि बढन गएर त्यसैको जगमा अनेकन राष्ट्रिय अन्तराष्ट्रिय शक्तिले खेल्न सक्ने अवस्था बनेको हो भन्ने मान्ने र भए गरेका गल्ति प्रति माफी माग्न तयार हुने
२. नेपालमा भ्रष्टचार निवारण गर्दै सुशासन स्थापनाको आवश्यकता छ र त्यसो गर्न भ्रष्टचार निवारण ऐनको कार्यान्वयन गर्न आवश्यक दृढता र स्वतन्त्रता राख्ने मानिसहरु मात्रै अख्तियारमा नियुक्त हुन व्यवस्थाको सुरुवात गर्न दृढ रहने
३. नेपालमा तमाम जनतालाइ भेदभाव रहित ढंगले समान तर न्यायोचित रुपमा सम्पूर्ण अवसर दिन तयार रहने , आफुलाइ अरु भन्दा विशेष या भिन्न हैन सबै सरह मान्ने
४. नेपालको अर्थतन्त्रले धान्न पनि गाह्रो हुने अनि जनताले राख्न नै नचाहेको संरचना र निकायहरुलाइ खारेज गर्न आवश्यक कानुनी काम गर्न तयार रहने
५. गएको भाद्र २३ गते दिनको एक बजे सम्म भ्रष्टचारको अन्त्य र सुशासनको ग्यारेण्टी चाहियो भन्ने माग बोकेर शान्तिपूर्ण प्रदर्शनमा सहभागी तमाम भाइ वहिनीहरुको माग र भावनाको सम्मान गर्ने र उनीहरुको माग पुरा गर्न दृढता राख्ने ।
६. कुनै लोभ लालच नराखीकन त्यति पवित्र लक्ष्य लिएर शान्तिपूर्ण प्रदर्शन÷आन्दोलनमा आएका युवा युवतीको घोषित प्रतिवद्धता विपरित , उनीहरुको चाहना विपरित संसद भवनमा तोडफोडको कोशिस गर्दै परिस्थिति भडकाउने, आन्दोलन आयोजकले घुसपैठ भयो अव फर्किनु पर्छ भन्दै फर्कन र फर्काउन खोज्दा त्यसो हुन नदिएर त्यो कोहोरामको अवस्था सिर्जना गर्ने गराउने अराजक जत्थालाइ ज्यान मार्ने अभियोगमा मुद्दा लगाउन तयार रहने । अनुचित र अन्यायपूर्ण ढंगले अनावश्यक बल प्रयोगमा संलग्न जोसुकैलाइ पनि कारवाही गर्न दृढ रहने ।
७. सबै भन्दा महत्वपूर्ण चाहिं भाद्र २३ गते त्यति धेरै युवा युवतीको मृत्यु हुने परिवेश खडा गराएर पनि नेपाललाइ खरानी बनाउने आफ्नो सपना पुरा नभए पछि भाद्र २४ गते सिंह दरबार , सर्वोच्च अदालत , संसद भवन जस्ता नेपालको स्वाधीनता र सार्वभौमसत्ता संग साइनो राख्ने राष्ट्रिय महत्वका संरचनाहरु जलाउने , निजि घरहरु देखि देशभर प्रहरी कार्यालयसम्म जलाउने अनि राज्यलाइ असफल देखाउन देशका प्रधानमन्त्री , मन्त्री , भूपू प्रधानमन्त्रीहरुलाइ मार्ने मनसायले आक्रमण गर्ने गराउने , जनताले निर्वाचित गरेर बनेको संसद विगठन गराउन व्यापक दवाव दिने जस्ता आतंककारी काम गर्ने नेपाली नाम र अनुहार भएका नेपाल विरोधी कुपात्रहरुलाइ नडराइकन तिमिहरु आतंककारी हौ र तिमिलाइ राष्ट्रद्रोहको मुद्दा लगाउन कोशिस गर्छु भन्ने ।
–अमेरिका निवासी लेखक नेपालको राजनीति र सुरक्षा मामिलामा चासो राख्छन ।
