कैलालीं, १७ माघ । नेकपा एमाले कैलाली निर्वाचन क्षेत्र नं १ मा निर्वाचन तयारी भेला सम्पन्न भएको छ । भेलामा एमालेका केन्द्रीय सदस्य झपट रावलले एमालेको उम्मेदवारहरुलाई जिताउन पार्टी पंक्ति लाग्न आग्रह गरे । अहिलेको अवस्थामा पार्टीले सक्षम युवालाई उम्मेदवार पठाएका कारण पनि कैलाली क्षेत्र नं १ का नेता कार्यकर्ताहरु बढी उत्साही हुनुपर्ने बेला आएको पनि रावलको भनाई थियो ।
कार्यक्रममा कैलाली क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार द्वारिकाप्रसाद न्यौपानेले विकास, सामाजिक न्याय र समान प्रतिनिधित्वका लागि आफ्नो उम्मेदवारी रहेको बताएका थिए । उनले व्यक्तिगत स्वार्थको अन्त्य भएको र सामाजिक न्यायको शुरुवात भएको समेत बताएका थिए ।
समग्र आर्थिक तथा सामाजिक रूपान्तरणका लागि नेकपा एमालेको जित अपरिहार्य रहेको बताउदै उम्मेदवार न्यौपानेले जिल्लाको शिक्षा, स्वास्थ्य, रोजगारी,महलिा सशक्तीकरण तथा पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।



