उदयपुर, १९ माघ ।
उदयपुर–१बाट कल्यणा रोका(देवराज)ले स्वतन्त्र उम्मेदवारी दिएपछि अहिले तिब्र रुपमा प्रचार प्रसारमा लागेका छन् । एमालेबाट सिफारिसमा परेका उनी पार्टीले उम्मेदवार नबनाएपछि स्वतन्त्र उम्मेदवारी दिएर चुनाव प्रचार प्रसारमा लागेका हुन् । चीनको बेइजिङस्थित अन्तर्राष्ट्रिय विश्व विद्यालयबाट राजनीतिक अर्थशास्त्रमा पिएचडी हासिल गरेका उनको उम्मेदवारीले उदयपुरमा महत्वका साथ हेरिएको छ ।

रोकाको पक्षमा यतिबेला टोलटोलमा माहोल बनेको स्थानीय युवाहरुले बताएका छन् । ‘अहिले स्थानीय नवयुवाको उत्साहपूर्वक सहभागिता रहेको छ’, एक युवाले भने । शिक्षित, वैचारिक र स्वच्छ राजनीतिमा विश्वास राख्ने डा. रोकाको उम्मेदवारीले उदयपुरको राजनीतिक माहोलमा नयाँ आशा, विश्वास र सकारात्मक सन्देश प्रवाह गरेको छ ।

‘म पार्टि होईन, नव युवा पुस्ता (जेनजी) तथा आम नागरिकको साझा उम्मेदवार हुँ’, डा. रोक्काले भने । लामो समय एमाले अध्यक्ष केपी शर्मा नजिक भएर काम गरेका डा.रोकालाई यसपटक निर्वाचनबाट बन्चित गरिएको थियो । ‘दल भन्दा माथि नागरीक र नागरीकका लागि देश ’भन्ने सन्देश सहितको मुल नाराको साथ प्रतिनिधि सभा सदस्य पदका लागी उदयपुर क्षेत्र नं. १ बाट स्वतन्त्र उम्मेदवारी दिइएको छ । सबै दलहरुको पनि उम्मेदवार हुँ’, उनले भने ।
शिक्षा, नीति, अनुभव सँगै ब्यावहारीकतामा आधारित नेतृत्व खोजिरहेका मतदाताका रोकाको उम्मेदवारी एक वैकल्पिक भरोसा बन्न सक्ने बताइएको छ । उनले एमाले, कांग्रेस, रास्वपा र नेकपाको मत ल्याउनेसक्ने अनुमान गरिएको छ । युवा स्वरोजगार कोषका पूर्वकार्यकारी उपाध्यक्ष रहेका रोका अर्थशास्त्रीसमेत हुन् । उनले एमालेबाट टिकटको अपेक्षा गरेका थिए तर पार्टीले बेलका नगरपालिकाका पूर्वप्रमुख समेत रहेका दुर्गाकुमार थापा (स्वस्ती)लाई टिकट दिएपछि उनले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । उनले पार्टीले आफ्नो लगाव, मिहिनेत र विज्ञतालाई अनादर गरेपछि स्वतन्त्र उम्मेदवारी दिएर चुनावी मैदानमा होमिएको प्रतिक्रिया दिए ।
