ललितपुर, २० माघ । शहरमा साना हतियारको विगविगी देखिएको छ । यसक्रममा सशस्त्र प्रहरी बलले मंगलबार साँझ ललितपुरबाट पेस्तोलसहित ३ जनालाई नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बलमा सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्युरोले दोलखाको भीमेश्वर नगरपालिका – ९ घर भई ललितपुर बस्ने २२ वर्षीय सुमन तामाङ, रौतहटको ला चन्द्रनिगाहपुर नगरपालिका घर भई ललितपुर बस्ने २२ वर्षीय सुशील स्याङ्तान र सुनसरीको धरान उपमहानगरपालिका घर भएका १८ वर्षीय विप्लव राईलाई नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिइएकाहरूलाइ पेस्तोलसहित थप अनुसन्धान र आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी थापाले जानकारी दिए ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
