काठमाडौं, २१ माघ । एमाले नेता तथा पुर्व मन्त्री गोकुल बास्कोटाले २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा गठबन्धन नगर्न पार्टी नेतृत्वलाई सचेत गराएका छन ।
जनताले गठबन्धन अस्विकार गर्ने चेतावनी दिदै उनले ससद पुनर्स्थापनामा नरुमल्लिई चुनावी तयारीलाई अझ व्यापक बनाएर अघि बढ्नुपर्नेमा जोड समेत दिएका छन “सर्बोच्चले संसद पुनस्थापनाको आशामा हिउँ वर्षाएछ,अब अन्टसन्ट नसोचि जनमत बटुल्न बाटो तताए हुन्छ,जसलाई जित्नु छ।फेरि चुनाबमा गठबन्धन नेताको मनबन्धन जनताको हुन्छ।
गठबन्धनले जनताको मनबन्धन भत्काउन कठिन हुन्छ। अन्तिममा म्याच फिक्सिङको मौका भने छदैछ।” बास्कोटाले सामाजिक संजालमा भनेका छन ।
