नवलपुर २१ माघ ।
लामो समयदेखि कांग्रेसको दबदबा रहेको नवलपुर १ मा यसपटक एमाले उम्मेदवार भागिरथ सापकोटाको पक्षमा माहोल देखिएको छ । एमाले उपमहाचिव योगेश भट्टराईको समेत उपस्थितमा भएको कार्यक्रमले नेता कार्यकर्ताहरुमा उत्साह देखिएको छ । नवलपुरको देवचुलीमा भएको नवलपुर निर्वाचन क्षेत्र नं. १ को क्षेत्रिय विस्तारित बैठकलाई सम्बोधन गर्न पुगेको उपमहासचिव भट्टराईले एमालेभित्र कुनै पनि प्रकारको विवाद नभएको चुनावी माहोल बनिसकेकाले एकढिक्का भएर चुनाव लाग्न पार्टी पंक्तिलाई आग्रह गरेपछि पार्टीभित्र उत्साह पैदा भएको छ ।

उपमहासचिव भट्टराईले विस्तारिक बैठकलाई सम्बोधन गर्दै रास्वपा र बालेन शाह विच भएको सहमति केहि समयमै सिसा झैँ फुट्ने नेकपा एमाले उपमहासचिव योगश भट्टराईले दावी गर्दै कार्यकर्ता पंक्तिलाई अहिलेको माहोलबाट विचलित नभई खट्न आग्रह गरेका थिए ।
नवलपुरको देवचुलीमा भएको नवलपुर निर्वाचन क्षेत्र नं. १ को क्षेत्रिय विस्तारित बैठकलाई सम्बोधन गर्दै भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा र काठमाण्डौँका पूर्व मेयर बालेन्द्र शाह बालेन विच भएको सहमति निर्वाचन पछि सिसा झैँ टुट्ने दावी गरेका थिए ।
कुनै पनि भिजन विना, योजना विना व्यक्तिगत स्वार्थ केन्द्रित भएर बनेको बालेन रास्वपाको एकता टुट्ने र लाखौँ नेपाली जनताको भावनामा कुठाराघात हुने भट्टराईको दावी छ ।

आगामी फाल्गुन २१ गते हुन गैरहेको निर्वाचन लक्षित भेलामा क्षेत्र नं. १ का एमाले कार्यकर्ताहरुलाई सम्बोधन गर्दै उनले नयाँ भनिएका दलहरु विदेशी शक्तिबाट परिचालित भएका हुन् कि भन्ने शंका समेत उब्जिएको बताएका छन् ।
उनले विभिन्न मिडियाले आँफुलाई टिकट नपाएको कुरामा कटाक्ष गर्ने गरेको उल्लेख गर्दै पार्टी भित्र जस्तो सुकै आन्तरिक मतभेद भएपनि अब नेकपा एमाले एक भैसकेको र कुनै पनि हालतमा आउँदो निर्वाचन पछि एमाले नै देशको प्रमुख शक्तिको रुपमा आउने गरि निर्वाचनमा होमिन कार्यकर्तालाई निर्देशन समेत दिएका छन् ।

नवलपुर आँफैमा धार्मिक दृष्टिकोणले समेत सबैको आस्थाको केन्द्र रहेको उल्लेख गर्दै उनले नवलपुरका जनताले धर्म नछाड्ने र देशको अर्गानिक र अग्रगामी पार्टी एमालेलाई नै जिताउने विश्वास व्यक्त गरे । ‘नेकपा एमाले अर्गानिक मल हालेर उम्रिएको साग जस्तो हो, यो पार्टि नेपाली माटोको हो, रास्वपा प्रति ईंगित गर्दै उनले भने–‘अहिले आँफुलाई नयाँ भन्नेहरु, विकासे रसायनिक मल हालेर एक्कैचोटि बढेका साग जस्ता हुन्, त्यो हाम्रो स्वास्थ्यको लागि हानिकारक हुन्छ, त्यो नेपाली जनताको लागि हानिकारक हुन्छ ।’ उपमहासचिव भट्टराईले नवलपुर क्षेत्र नं. १ ले अत्यन्त उपयुक्त उम्मेद्वार प्राप्त गरेको बताए ।
क्षेत्र नं. १ का एमाले उम्मेद्वार भागिरथ सापकोटा विद्यार्थी कालिन राजनितिबाट एमालेमा लागेको साथै लामो समय देखि नेपालको औद्योगिक क्षेत्रमा लागेर उद्यम विकास र रोजगारी सृजना गरीरहेको व्यक्ति भएकोले पनि जनताको आवाज संसदमा पुर्याउन र संविधान निर्माण गर्न ल्याकत राख्ने व्यक्ति भएको बताए ।

उनले अबको निर्वाचन पछि एमाले नै प्रमुख शक्तिको रुपमा आउने कुरामा ढुक्क रहन कार्यकर्तालाई आग्रह गर्दै नवलपुरको क्षेत्र नं. १ का ५२ वडाहरु मध्ये २६ वडामा एमालेकै नेतृत्व रहेकोले ति सबै वडाध्यक्षले प्राप्त गरेको मत सापकोटालाई दिलाउन सके मात्र पनि उहाँको विजय सुनिश्चित हुने दावी गरे ।

क्षेत्र नं. १ का निर्वाचन परिचालन कमिटि अध्यक्ष दिपकराज लम्सालको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै क्षेत्र नं. १ का उम्मेद्वार सापकोटाले यसअगाडिका जनप्रतिनिधिका राजनितिक एजेण्डा बाहेक आर्थिक एजेण्डाहरु सुन्नै नपाएकोले पनि यो क्षेत्र पछाडि परेको बताए ।
उनले यस क्षेत्रका युवाहरु विदेशिनु नै पर्ने परिस्थिति किन आईपरेको छ ? भन्ने बुझेर ल्याउँदा यस क्षेत्रमा एउटा पनि राम्रो प्राविधिक विद्यालय नहुनु पनि त्यसमध्ये एक कारण रहेको बताए । उनले अब नेकपा एमालेको सरकार आएपछि यहाँको, धार्मिक, पर्यटन, औद्योगिक, कृषि, स्वास्थ्य लगायतको विकास सँगै शैक्षिक क्षेत्रको विकासलाई मुख्य प्राथमिकता दिएर काम गर्ने बताए ।
