काठमाडौं, ५ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले भारतीय राजदूत नवीन श्रीवास्तवसँग भेटवार्ता गरेका छन् ।
काठमाडौं जिल्ला अदालतमा तारेख बुझेर सोझै बत्तिसपुतलीस्थित होटल द्वारिका पुगेर लामिछानेले राजदुत श्रीवास्तवलाई भेटेका हुन ।
होटल पुगेका रवि भारतीय राजदूतसँग भेटेर साढे ५ बजे बाहिरिएका थिए । फागुन २१ गतेको निर्वाचन नजिकिँदै गएको अवस्था,लामिछानेमाथि अदालतमा विचाराधीन सम्पत्ति शुद्धिकरण तथा संगठित ठगीको मुद्दा फिर्ता लिने सरकारको प्रयास असफल झैं भएको सन्दर्भमा गरिएको भेटलाई अर्थपूर्ण ठानिएको छ ।
भारतीय राजदूतसँगको भेटपछि लामिछाने धनगढी प्रस्थान गरेका थिए ।
