भाद्र २३ गते मध्यदिनसम्म शान्तिपूर्ण रूपमा अघि बढिरहेको जेन जी पुस्ताको प्रदर्शन संसद भवन नजिक पुगेपछि अचानक अराजक गतिविधि र बल प्रयोगमा परिणत भयो। घुसपैठ, तोडफोड र सुरक्षाकर्मीको अनुचित बल प्रयोगले दर्जनौँ नवयुवाको ज्यान गएपछि देश शोकमा डुब्यो। त्यसको भोलिपल्ट भाद्र २४ मा भएको आतंककारी हमलासम्म पुग्दा घटनाक्रमले आन्दोलन, सुरक्षा संयन्त्र र लोकतान्त्रिक संस्थामाथि गम्भीर प्रश्न खडा गरेको छ। सत्य र तथ्यमा टेकेर भन्ने हो भने-
१. भाद्र २३ गते मध्य दिनसम्म सिंगो देशको भावना बोकेर प्रदर्शन गर्ने असली जेन जी आन्दोलनकारी थिए ।
२. शान्तिपूर्ण आन्दोलन गर्न आएका ति जेन जीहरुलाइ स्कुले ड्रेस लगाएर जे गर्दा पनि केहि हुन्न भन्दै अगाडी लगाएर संसद भवन पुर्याउने र त्यहाँ तोडफोड गर्दै दमनलाइ निम्ता दिएर ति असल जेन जीहरुले गोली खाने अवस्था बनाउने अराजक अपराधीहरु थिए जसले भाद्र २३ गते नै देशमा आतंककारी हमला गर्ने सोच राखेको थियो तर त्यहाँ घुसपैठ भएको देखेर बुझेर असली जेन जी अगुवाहरुले आफु पनि फर्कने अरुलाइ पनि फर्काउने काम गरे पछि त्यो योजना त्यस दिन पुरा भएन
३. आतंककारी हमलाको आधार तयार पार्न जेन जीहरुलाइ घेर्दै संसद भवन पुर्याएर अराजक अपराधीहरुले दमन निम्त्याएको सत्य हो र त्यो संगै अर्को सत्य के भने त्यो समयमा संसद भवन सुरक्षामा खटिएकाले बल प्रयोग गर्दा अनुचित तवरले गरेकोले त्यति धेरै जेन जी युवाहरुको सहादत भयो जसले देशलाइ स्तव्ध बनायो अनि आतंककारीहरुलाइ भाद्र २४ गराउने वहाना । यदी त्यस दिन संसदको सुरक्षार्थ खटिएकाहरुले टाउकोमा र छातीमा गोलि नहानेर अक्सर भिड नियन्त्रणमा जस्तै घुँडा मुनि मात्रै गोलि हानेको भए देशका नव युवाहरुको ज्यान जाने थिएन र त्यो नभएको अवस्थामा आतंककारीहरुले भाद्र २४ को आतंककारी हमला गर्न गराउन सक्ने थिएनन
४. जसले जे भनेको होस वा ठानेको होस तर सत्य के हो भने भाद्र २३ गते संसद भवन अगाडी जीवन गुमाउने ति नव युवाहरु सिंगो नेपालले सदैव सम्मानका साथ सम्झनु पर्ने माहान शहिदहरु हुन र तिनले न्याय पाउनु पर्छ । शान्तिपूर्ण आन्दोलन गर्न आएका उनीहरुलाइ ब्यारीकेड तोडन उक्साउँदै त्यहाँ सम्म पुर्याउने आतंककारीहरु देखि अनुचित र अनावश्यक बल प्रयोग गर्ने र गर्न आदेश दिन जोसुकै होस तिनलाई मानवता विरुद्धको अपराधमा कारवाही गरिनु पर्छ ।
५. जव भाद्र २३ गते मध्य दिन सम्म शान्तिपूर्ण प्रदर्शन गर्दै रहेका जेन जी पुस्ताको योजना विपरित गरिएको वा गराइएको अराजक गतिविधिले दमन निम्त्यायो अनि त्यसपछि त्यति धेरै युवाहरु शहिद भए त्यसपछि सिंगो देश स्तव्ध भएको मौका छोपेर भाद्र २४ को आतंककारी हमला मात्रै हैन त्यसपछि संसद , संविधान , राष्ट्रपति सहित सम्पूर्ण लोकतन्त्रका आधार समाप्त पार्ने योजना कार्यान्वयनमा ल्याइयो ।
६. हो आन्दोलनमा घुसपैठ गर्ने , कोहोरामको अवस्था सिर्जना गर्ने , त्यसपछि देश जलाउने काम जुन भयो त्यो काम आतंक हो अनि गराउने आतंककारी हुन । हामीले यसो भन्दै गर्दा केहि मानिस जानेर बुझेर अनि केहि तिनै जानी बुझी अपराधको ढाक छोप गर्नेको झुठ पत्याएर “ ओह हो जेन जी लाइ आतंककारी भन्ने ?” भन्छन । जेन जी आतंककारी थिएनन , हैनन र हुँदैनन र उनीहरुलाइ कसैले त्यसो भनेको पनि छैन तर फेरी जेन जीको सकारात्मकता , सृजनशिलता र सचेतनापूर्ण गतिविधिको पाटो हौं भन्दै आफ्ना अराजक , अपराधिक र आतंककारी हर्कत छोपौंला भन्ने कसैले ठानेको छ भने त्यो चाहिं दिवा सपना मात्रै हुनेछ
अत: घटनाक्रमहरुको विश्लेषण तथ्यमा टेकेर गर्दा मात्रै सबैलाइ न्याय हुन्छ । जे होस अन्त्यमा फेरी यति त लेख्न नै पर्छ कि जेन जी लाइ आतंककारी भने भन्दै आफ्नो आतंककारी गतिविधि लुकाउन खोज्ने जोसुकै जल्लाद र तिनका आका ( मालिक ) हरु हुन तिनलाइ जेन जी सहित सबै मिलेर एक एन एक दिन राष्ट्र विरुद्धको कसुरमा मुद्दा लगाएर हाल्ने जेलमा नै हो ।
