काठमाडौं, ८ फागुन । एमाले महासचिव शङ्कर पोखरेलले पार्टी झण्डा जलाउने अराजक र उदण्ड तत्वलाई जनताले निर्वाचनमा अस्वीकार गरेर जवाफ फर्काउने बताएका छन ।
विहिबार गृह जिल्ला दाङको तुल्सीपुरमा सुर्य अङ्कित पार्टी झण्डा जलाइएको घटनाप्रती शुक्रवार सामाजिक संजालबाट प्रतिकृया जनाउदै पोखरेलले त्यस्तो बताएका हुन । रास्वपाका कार्यकर्ताहरुको एउटा समुहले एमाले झण्डा जलाएको थियो ।
“अराजकता र उदण्डता कुनै नयापन होइनन्, ती अपराध हुन्। झण्डा जलाएर अरूको आस्थामा चोट पुर्याउनेहरू सम्मानका हकदार हुन सक्दैनन् । यस्ता तत्वहरूलाई जनताले निर्वाचनमार्फत अस्वीकार गर्नेछन्।” पोखरेलले भनेका छन ।
आजै दाङको तुल्सीपुरमै रास्वपाले चुनावी सभा राखेको छ । सभालाई सभापति रवी लामिछानेले सम्बोधन गर्दैछन ।
झन्डा जलाइएको घटनापछी एमालेको फोर्स आक्रमक-शशक्त प्रतिवाद हुने चेतावनी
काठमाडौं,८ फागुन । एमाले सम्बद्घ नेशनल भोलण्टियर्स फोर्सले पार्टी झण्डा जलाउने अपराधिक काममा सङ्लग्न अभियुक्तलाई तत्काल पक्राउ गरि कारवाही नगरिए देशैभर शशक्त प्रतिवाद गर्ने चेतावनी दिएको छ ।
दाङको तुल्सीपुरमा रास्वपाका कार्यकर्याले पार्टी झण्डा जलाएको घटनाबारे प्रतिकृया जनाउदै फोर्सका अध्यक्ष पुष्पराज श्रेष्ठले त्यस्तो चेतावनी दिएका हुन ।
फोर्सले एमालेको चुनावी परिचालन,उम्मेद्वार र बुथ सुरक्षाको जिम्मेवारी लिएको छ । उसले पार्टीलाई अबरोध भए युवासहितको जनपरिचालनमार्फत प्रतिवाद गर्ने बताउदै आएको छ । झापा, रामेछापलगायत विभिन्न ठाउँमा अराजक गतिविधी गरेर अबरोध गर्न खोज्ने रास्वपाका कार्यकर्तासग फोर्सले प्रतिवाद गरेको थियो ।
