काठमाडौँ, ९ फागुन ।
दाङमा नेकपा एमालेको झण्डा जलाएर एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध गरिएको नाराबाजी गरेको अभियोगमा निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई २४ घण्टाभित्र जवाफ दिन स्पष्टिकरण मागेको छ ।
रास्वपाका कार्यकर्ताले तुलसीपुरमा एमालेको झण्डा जलाउँदै अध्यक्ष ओलीविरुद्ध नाराबाजी गरेपछि आयोगले उसलाई २४ घण्टे स्पष्टिकरण सोधेको हो ।
आयोगका कानून अधिकृत मोहनराज जोशीद्वारा हस्ताक्षरित पत्रमा २४ घण्टाभित्र निर्वाचन आयोगको इमेल ठेगानामा प्राप्त हुने गरी स्पष्टिकरण पठाउन र घटनाबारे तथ्य लेख्न आग्रह गरिएको छ ।
