काठमाण्डौं २६ फागुन ।
पुर्वगृहमन्त्री रमेश लेखकका विषयमा अर्नगल समाचारहरु आउन थालेपछि उनले त्यसको खण्डन गरेका छन् ।
प्रतिनिधीसभा सदस्य निर्वाचनमा गृह जिल्ला कञ्चनपुरमा मतदान गरी काठमाण्डौं फर्किएका पुर्वगृहमन्त्री लेखक भागेर सिंगापुर गएको अपवाहप्रति खण्डन गरिएको छ ।
नेपाली कांग्रेसका नेता समेत रहेका लेखकले जेनजी आन्दोलनपछि बनेको कार्की आयोगको प्रतिवेदन सार्वजनिक नहुदै आफ्ना विरुद्ध प्रतिशोधको राजनीति र स्टन्ड थालिएको बताए ।
‘ आयोगको प्रतिवेदन सरकारले अध्ययन गर्ने भनेको छ कहीकतै सार्वजनिक भएको छैन ।’ लेखकले भने–‘ सामाजिक सञ्जालदेखि मिडियासम्म फौजदारी कारबाहीका लागि सिफारिस भनेर प्रतिशोधको राजनीति गर्न खोजिदैछ ।’ उनले आफू कानूनी र राजनीतिक लडाइमा पछि नहड्ने बताए ।
चुनावी परिणाम आउना साथ आयोगको प्रतिवेदन पेश हुनुमा राजनीतिक षडयन्त्र र प्रतिशोध राख्न खोजेको शंकालाई सुविधा पुगेको छ ।
