काठमाडौं, २६ फागुन ।
२१फागुनको आमनिर्वाचनबाट नेपालका दुई ठूला कम्युनिष्ट पार्टी एमाले र नेकपाले २०४८ निर्वाचन यताकै सबैभन्दा ठूलो क्षति ब्यहोर्ने प्रारम्भिक परिणामले देखाएको छ । दुवै दललाई संसदमा अस्तित्व रक्षामै सकस परेको प्रत्यक्षतर्फको जारी मत गणननाले देखाइरहेको छ ।
यद्यपि, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ रुकुमपश्चिमबाट विजयी भएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली रास्वपाका नेता बालेन्द्र शाहसँग झापा ५ मा करिब ५० हजार मतान्तरले पराजित भएका छन् । एमालेका सबै पदाधिकारी पराजित भएका छन् ।
एमाले तेस्रो र नेकपा केन्द्र चौथो पोजिसनमा खुम्चिएको छ । समानुपातिकसमेतको मतगणना मैजारोमा पुग्दा एमालेले प्रत्यक्षमा ९ र समानुपातिकमा १७सहित २६ र नेकपा ८ प्रत्यक्ष र ८ समानुपातिकसहित १६ सिट पाउने करिब निश्चित भएको छ । समानुपातिकतर्फ उदार धारको प्रतिनिधित्व गर्ने रास्वपाले ५० प्रतिशत माथि मत पाउँददा एमाले १४ प्रतिशत र नेकपा ७ प्रतिशतमै सिमित भएको छ । भारतको पश्चिम बंगालमा लामो शासन गरेका भारतीय कम्युनिष्ट पार्टी दुई चुनावअघि जसरी बढारिए्, त्यसैगरी नेपालमा कम्युनिष्टहरुको हालत कसरी चुनावी इतिहासमा कमजोर अबस्थामा पुग्यो ? गम्भीर विश्लेषणको विषय बनेको छ ।
दुवै दलले विगतको तुलनामा संयमित भएर पराजयलाई सहर्ष स्वीकार्दै गम्भीर आत्मसमीक्षा गर्ने प्रारम्भिक प्रतिक्रिया दिएका छन् ।
२०१५ सालको निर्वाचनमा कांग्रेसले दुई तिहाई सिट जित्दा ४ सिटमा जितहासिल गरेको तत्कालीन नेकपाको बिरासत बोकेको दल एमालेले ०४६ को परिवर्तनपछि पहिलो ०४८ सालको आम निर्वाचनमा उल्लेख्य सफलतासहित तत्कालीन संसदमै सशक्त उपस्थिति जनाएको थियो । ०४६ यताको सातओटा निर्वाचनमध्ये एमाले तीन पटक पहिलो दल, ३ पटक दोस्रो र एक पटक तेस्रो दलबनेको छ ।
०७४ को निर्वाचनमा त १ सय २१ सिट जितेर बहुमतनजिकपुगेको एमाले माओवादी केन्द्रसँग एकताबाट उसको थप ५३ सिटसमेत थपेर एकतापछि बनेका नेकपामा दुईतिहाई बहुमतनजिक १ सय७४ सिट संख्यामा पुगेको थियो । अहिलेको प्रारम्भिक रुझानमा रास्वपाले दुई कम्युनिष्टले हासिल गरेकै हाराहारिमा प्रचण्ड बहुमत सिट जितेर झण्डै दुई तिहाई सिटमा सफलता प्राप्त गर्न सक्ने आँकलन गर्न सकिने गणनाहरुले देखाइरहेको छ ।
०४८ को निर्वाचनमा६९ सिट जितेर एमाले दोस्रो दलको हैसियतमा सशक्त प्रतिपक्षी दलमात्र बनेन, त्यस पार्टीका महासचिव मदनकुमार भण्डारीले तत्कालीन अन्तरिम प्रधानमन्त्री तथा कांग्रेस सभापति कृष्णप्रसाद भट्टराईलाई पराजित नै गरे । त्यतिमात्र होइन, भण्डारीको असामायिक निधनपछि ५० को उपनिर्वाचनमा उनकी श्रीमती विद्या भण्डारीले पनिउनै भट्टराईलाई पराजित गरेर चर्चा मात्र बटुलिनन्, क्रमश ः राष्ट्रिय राजनीतिमा एमालेको प्रभावशाली नेतृको हैसियत पनि बनाउँदै गइन् ।त्यही निर्वाचनमा तत्कालीन जनर्मोचा नेपालले ९ सिट जितेको थियो ।
०५१ माआन्तरिक किचलोले कांग्रेसको बहुमतको सरकार ढलेर मुलुक मध्यावधीमा जाँदा एमालेले जनताको सेन्टिमेन्ट जित्दै कांग्रेसलाई ५ सिटले पछि पारेर ८८ सिटमा विजय हासिल गरी एमाले पहिलो दल बन्यो । त्यही बेला नेपालमा मनमोहन अधिकारीको नेतृत्वमा ९ महिनाको पहिलो कम्युनिष्ट सरकार बनाएको एमालेले कतिपय ‘पपुलिष्ट’लोककल्याणकारी कामसमेत गरेको थियो । ०५४ को विभाजनपछि ०५६ माभएको चुनावमा एमालेले ७१ सिट जितेको जित्यो । तर, ०६४ को निर्वाचनमा भने ०६२÷६३ को जनआन्दोलनको सफलता र शान्ति सम्झौतापछि मूलधारमा आएको तत्कालीन माओवादी केन्द्र २ सय २० सिट जितेर पहिलो दल बनेको थियो । एमाले त्यतिबेला प्रत्यक्षतर्फ ३३ र समानुपातिकमा ७० सहित १ सय ३ सिट जितेर तेस्रो दलमा खुम्चिएको थियो ।
त्यस्तै, ०७० को निर्वाचनमा एमालेले १ सय ८४ र माओवादी केन्द्रले ८३ सिट जितेको थियो । ०७४ मा गठबन्धन गरेका यी दुई दलले समग्रमा १ सय ७४ जितेकोमा एमालेले १ सय २१ र माओवादीले ५३ सिट जितेका थिए । जसमा एमालेले प्रत्यक्षतर्फ ८० र समानुपातिकमा ४१ र माओवादीले प्रत्यक्षमा ३६ र समानुपातिकमा १७ सिट जितेको थियो । यी दुई दल मिलेर बनेको नेकपाले करिब साँढे दुई वर्ष बहुमतको सरकार पनिचलाए । तर आन्तरिक किचलो बढ्दै जाँदा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेका कारण विभाजित पनि भयो ।
त्यस्तै, ०७९ को निर्वाचनमा एमालेले ७८ र माओवादी केन्द्रले ३२ सिट ल्याएकाथिए । जसअनुसार एमालेले तराईका केही जिल्लामा छिटफुट तालमेल गरेबाहेक एक्लै चुनाव लड्दा प्रत्यक्षमा ४४ र समानुपातिकमा ३४ तथा माओवादीले कांग्रेससँग गठबन्धन गरेर प्रत्यक्षमा १८ र समानुपातिकमा १४ सिट जितेको थियो । उता, ०४८ को निर्वाचनदेखि लगातार जित्दै आएको भक्तपुर १ नेपालमजदुर किसान पार्टीले पनि गुमाएको छ ।
