काठमाडौ,२६ फागुन । जेनजी विद्रोहको बलमा भएको आम निर्वाचनपछि नयाँ सरकारको गठन हुँदै गर्दा जेनजी अभियन्ता चीन पुगेका छन् । चिनिया विदेश मन्त्रालयको निमन्त्रणमा उनी चीन गएका हुन् । चीन आयोजित जेनजी पुस्ताको अभियान्ताहरुको विेशेष सम्मेलनमा भाग लिन उनी त्यहाँ गएको विश्वस्त स्रोतको दावी छ । उनी दुई दिन अघि मात्रै चीन पुगेका छन् ।
यता नेपालमा काठमाडौ महानगरपालिका निवर्तमान मेयर बालेन्द्र साह प्रधानमन्त्री बन्ने तयारी भैरहेको छ । बालेन्द्र साहको कट्टर विरोधी रहेका जेनजी अभियान्ता ढुंगना चीन पुग्नुको राजनीतिक अर्थ रहेको छ । ‘बालेन्द्र साहले आन्दोलन अपहरण गरेको आरोप लगाउदै आएका मिराज ढुंगाना अहिले चीनमा छन् ।आन्दोलनको सबै तयारी गर्ने उनै हुन तर अहिले त्यसको जस लिएर बालेन्द्र साह प्रधानमन्त्री बन्दा उनी चीन पुग्नु राजनीतिक रुपमा अर्थपूर्ण छ’, स्रोतले भन्यो ।
निर्वाचनमा समेत भाग नलिएका ढुंगनालाई चीनले किन महत्व दिएको भन्ने बारेमा केही खुलेको छैन । उनले केही दिन अघि बन्ने सरकार प्रतिपक्षी विहिन हुने भएकाले सडकबाट आफू सशक्त प्रतिपक्षीको भूमिकामा रहने बताउदै आएका थिए । साथै उनले निर्वाचनमा कांग्रेस सभापति गगन थापालाई सहयोग गरेका थिए।
