काठमाडौं, १ चैत । मध्यपूर्व युद्धका कारण नेपाली बजारमा पेट्रोलियम पदार्थको मूल्य भारी मात्रामा वृद्धि भएको छ ।
आइतबार रातीबाट लागू हुने गरी पेट्रोल १५ रुपैयाँ र डिजेल तथा मट्टितेल १० रुपैयाँ प्रतिलिटर वृद्धि भएको हो । मूल्य बढेपछि काठमाडौं उपत्यकामा पेट्रोल १ सय ७२ र डिजेल तथा मट्टितेल १ सय ५२ रुपैयाँ प्रतिलिटर पुगेको छ ।
पेट्रोलियम पदार्थमा भारी मूल्य वृद्धिसगै महङ्गी बढेर बजार अस्तब्यस्त बन्ने सम्भावना छ ।

