काठमाडौं, १ चैत ।
दाङको घोराहीमा फागुन २१ गते चुनाबको रौनकता थियो । जिल्ला प्रहरी कार्यालय दाङले शान्तीसुरक्षा कडा रहेको पत्रकार सम्मेलन गरेर जानकारी गराईरहेको थियो । तर, फागुन २२ गते बिहानदेखि मतगणना तयारी भइरहेको थियो । मतगणना दिनभर, रातभरि निरन्तर चलिरह्यो । मतगणना चलिरहेको बेला एमाले दाङका केही नेता गाडि लिएर रास्वपा दाङ क्षेत्र नम्बर २ को कार्यालयमा पुगे । एमाले दाङका जिल्ला सदस्य तथा निर्बाचन बिभाग प्रमुख बिबेक श्रेष्ठसहितको समुहले रास्वपाको पार्टी कार्यालय पुगेर एकाएक अन्धाधुन्द हेलमेटै– हेलमेटले टाउको, छातिमा हिर्काए ।
श्रेष्ठ आफैले पनि कुर्सीबाट लडाउदै हेलमेट उठाएर रास्वपा पार्टी कार्यालयमा जम्मा भएर मतगणना सुनिरहेका समर्थक, कार्यकर्तालाई हातपात, कुटपिट गरे । कुटपिट गर्नका लागि नेकपा एमाले लुम्बिनी प्रदेश कमिटि सदस्य तथा दाङ क्षेत्र नम्बर २ क बाट २०७९ मा प्रदेश सभा सदस्यमा उम्मेद्वार बनेका घोराहीका चर्चित निर्माण ब्यबसायी बलिभद्र रानाका छोरा अबिनाश रानाको गाडि लिएर बिबेक रास्वपाको पार्टी कार्यालय पुगेका थिए । बलिभद्रका छोरा अबिनाश त्यो गाडिमा थिए कि नाई त्यो भने खुलेको छैन ।

रास्वपाकै पार्टी कार्यालयमा घुसेर मारपिट गर्दा नै छेउबाट प्रहरीको गाडि गएको देखिन्छ । मारपिट कार्यक्रम सकिएपछि रातो स्विफ्ट गाडिमा चढेर गएको सिसिटिभिमा देखिन्छ । सिसिटिभिको फुटेज रास्वपा बिजयी उम्मेद्वार बिपिनकुमार आचार्यले आफै सामाजिक सन्जालमा हाले । एकाएक यो घटना भाइरल भयो । आक्रमणमा सलग्न श्रेष्ठ र उनको टोलि फरार भइ भागाभाग भयो । रास्वपाका बिजयी उम्मेद्वार आचार्यले फेसबुकबाट आक्रमणमा सलग्नलाई तत्काल पहिचान गरेर कानुनि दायरामा ल्याउन प्रहरी प्रशासनसँग माग गरे । दाङ प्रहरीमाथि आक्रमणमा सलग्नलाई कारबाही गर्न रास्वपा कार्यकर्ताले बिज्ञप्तिबाजि गरेर दबाब बढाउदै लगे । प्रहरीले दबाब केही दिन सुने पनि नसुने जस्तै गरेर पन्छाउन खोज्यो ।
प्रहरीले गम्भिररुपमा नलिएपछि रास्वपा आक्रमक हुन थाल्यो । लुम्बिनी प्रदेश प्रहरी प्रमुख भुपेन्द्र खत्रीलाई रास्वपा नेतृत्वले घटना बारे रिपोर्टिङ गरे । डिआईजि खत्रीले श्रेष्ठलाई जसरी पनि नियन्त्रणमा लिन दाङका एसपी दिपक श्रेष्ठलाई निर्देशन दिए । एसपी श्रेष्ठले तत्कालै प्रहरी परिचालन गरेर बिबेकलाई नियन्त्रणमा लिए । तर, एसपी श्रेष्ठसंग उनले दाइ भन्दै ढोग गर्ने गर्थे । एसपी श्रेष्ठसंग चीनजानकै कारण उनि प्रहरीको नियन्त्रणमा २४ घण्टा पनि बसेनन । जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी रेशम बोहराले श्रेष्ठलाई नियन्त्रणमा लिईएको र अन्यको खोजी कार्य भइरहेको बताए । तर, एसपी श्रेष्ठले आफै बिबेकलाई बोलाए । अनि मिलापत्र गरेर छाड्दिए ।

रास्वपाका केन्द्रिय सदस्य ई. अनन्तराज घिमिरेले दोष्ीालाई कारबाही गर्न भन्दा पनि रास्वपाका पिडित कार्यकर्तालाइ मिल्न दबाब दिए । रास्वपाकै केन्द्रिय सदस्य घिमिरेले नै पिडितलाई संरक्षण गर्नुको साटो मिलापत्र गर्न र एसपी श्रेष्ठ आफैले सहजिकरण गरेर मिलापत्र गरिदिएपछि बिबेक हाललाई कानुनबाट उन्मुक्ति पाए । एसपी श्रेष्ठलाई जेनजि आन्दोलनको बेला आईजिपि चन्द्रबहादुर खापुङले दाङ पठाएका थिए।
खापुङलाई तत्कालिन केपि शर्मा ओलिले आईजिपि बनाएका थिए । डिआईजि खत्रीलाई सामान्य घटना भनेर जिल्लाकै एसपीले पन्छाईदिएर घटना सामसुम पार्न प्रयास भयो । तर, घोराही ४ का वडा अध्यक्ष मुनाल घिमिरेले कानुन बिपरीतका हर्कतलाई कानुनी दायरामा ल्याउन जाहेरी दिनुपर्ने र तयारी पनि भएको बेला अनन्तले नै आफै अघि सरेर ब्याक गराए । अनन्तको भुमिकाले रास्वपा भित्र खैलाबैला मच्चीएको छ । सामान्य घटनामा सलग्नलाई प्रहरीले चाहेमा जाहेरी कसैको नपरेको अबस्थामा पनि प्रहरी प्रतिबेदन बनाएर २५ दिन हिरासतमा राखेर कारबाही गर्छ ।
श्रेष्ठ विरुद्ध जाहेरी नआएको भन्दै २४ घण्टा पनि नराखेर रास्वपाका कार्यकर्ताले पार्टी कार्यालयमा खुलेयाम कुटाई खादा पनि बिजयी सांसद आचार्य, रास्वपाको जिल्ला नेतृत्व माथी र सिङ्गो प्रहरी कार्यालयको नेतृत्व गर्ने एसपी श्रेष्ठ र दाङका प्रमुख जिल्ला अधिकारी बिश्वप्रकास अर्यालमाथी शान्ति सुरक्षाको सबालमा ठुलो प्रश्न चिन्ह खडा भएको छ ।
बिबेक यसअघि राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानका रजिस्ट्रार रामप्रसाद प्याकुरेललाई कुटपिट गरेर फरार भएकाले उनलाई पक्राउ गरेर दाङ प्रहरीले मुद्धा चलाएको थियो । त्यतिमात्रै होइन, बिबेकले जिल्ला ट्राफिक कार्यालय दाङका प्रहरीलाई पनि दुब्र्यबहार गरेको आरोप लागेको थियो । उनि राजनितिको आडमा र प्रहरी प्रशासनकै संरक्षणमा पटक –पटक कानुन बिपरितका काम गर्दै आएका छ्न ।
