काठमाडौ, १ चैत । जीवनको उत्तरार्द्दमा एमाले अध्यक्ष केपी ओलीका लागि वर्ष-०८२ साल कालो वर्षकै रुपमा चित्रीत भैदियो ।
गत २३ र २४ भदौको जेनजी आन्दोलनले सत्ताच्युत ७४ वर्षीय ओली नचाहदा नचाहदै २१ फागुनमा प्रतिनिधिसभाको चुनावमा भाग लिन बाध्य पारिए ।
ससद पुनर्स्थापनाको सवैधानिक लडाइँ काङ्ग्रेसभित्रको मत विभाजन र विशेष महाधिवेशनले प्रभावित बनेकै कारण चुनाबमा होमिन बाध्य भएका ओलीका लागि परिणाम भने सुखद रहेन ।
नेतृत्व गरेको एमाले पार्टी २५ सिटसहित इतिहासकै कमजोर अबस्थामा खुम्चिदा आफैसमेत झापा ५ मा रास्वपाका बालेन्द्र शाहसग ५० हजारको अकल्पनीय मतान्तरमा ओली पराजित बने । पराजयको नमीठो अनुभुतिसगै गहिरो चिन्तन-मननमा रहेकै बखत ओलीले गत शुक्रबार पीता मोहनप्रसादको निधनको अर्को बज्रपात सहनुपर्यो । ९७ वर्षको उमेरमा पिता मोहनप्रसादको निधनपछी ओली अहिले एक पछि अर्को गहिरो पीडामा छन ।
भक्तपुर गुण्डुस्थित निवासमा शोकमा रहेका उनै ओलीमाथी सहानुभुती दर्शाएर समवेदना दिन अहिले दिनहु उच्च पदस्थ व्यक्तित्वदेखी सैयौ नेता-कार्यकर्ताको भीड लागिरहेको छ ।
यसै क्रममा आइतबार पुर्व राष्ट्रपति विद्या भण्डारीले भेटेर ओलीलाई समवेदना दिइन । त्यसक्रममा उनीहरुबीच समसामयिक विषयमासमेत कुराकानी भएको थियो ।
करिब पौने घण्टाको सम्बादमा पुर्व राष्टपती भण्डारीले अहो टाढै पो बस्नुभएको रहेछ भन्दै कुरा शुरु गरेर सहानुभुती दर्शाइन । लगत्तै ओलीले जवाफ फर्काए-मलाई टाढा छैन, ससद २० मिनेट, सिहदरबारको दुरी जम्मा २५ मिनेट मात्रै त हो,तपाईंलाई टाढा लाग्नु चाहिँ स्वभाविक हो ।
पिताको निधनमा आसोच बारेर बसेका ओलीले निर्वाचनमा पराजित भएपछि पनि सिहदरबार र ससदको दुरी टाढा नभएको बताएर कस्तो बिम्बात्मक जवाफ फर्काएका हुन, स्वयं भण्डारी पनि आश्चर्यमा परेकी थिइन । त्यसपछी भण्डारीले पुरक जवाफ फर्काइनन ।
ओली र भण्डारीबीच ६ महिनाभन्दा बढी समयपछी मात्र प्रत्यक्ष सम्बाद भएको हो । आइतबारै ओलीलाई प्रधानमन्त्री शुशिला कार्की, नेकपाका सहसयोजक माधव नेपाललगायतले पनि भेटेर समवेदना दिएका थिए ।
