काठमाडौं, २ चैत । कोशी प्रदेशका मूख्यमन्त्री हिक्मत कार्कीले जेजनी आयोगको प्रतिवेदन सार्वजनिक नभई कारवाहीको प्रकृया अघि बढेमा देश द्वन्दमा जाने बताएका छन् । सुरक्षा अंगलाई कारवाही गर्ने मनशाय राखेर दुराग्रहयुक्त ढंगले आयोगको प्रतिवेदन सार्वजनिक नभई अघि बढाएमा द्वन्दमा जाने बताएका हुन् । ‘नेपालको सुरक्षा निकायलाई कमजोर पार्ने गरि कानुन पालनाको सिलसिलामा भएका प्रहरी र सुरक्षा निकायका मुख्य ब्यक्तीलाई दोषी करार गर्दै नसिहत दिने र पुरै नेपाल प्रहरी लाई कमजोर पार्दै छिन्न भिन्न बनाएर विवाद बढाउने र भविष्यमा समेत प्रहरी,नेपाल राष्ट्र , नेपाली जनता र कानुनको परिपालना गर्न नसक्ने गरि प्यारालाईसिस गर्ने प्रयास भएको देखिन्छ’, मूख्यमन्त्रीले भनेका छन् ।
यस्तो मूख्यमन्त्री कार्कीको धारणाः
चरम बिवादित ब्यक्ति गौरीबहादुर कार्कीको संयोजकमा गठित आयोगको प्रतिबेदन बर्तमान शुसिला कार्की सरकार समक्ष पेश भएको छ तर सार्वजनिक भएको छैन ।
चाडै नै सार्वजनिक होला। तर यो आयोगले के कस्तो शिफारिस सहितको प्रतिबेदन दिएको छ, सार्वजनिक नभईकन भन्न सकिन्न ।
तर मिडियामा आएको समाचार वा मिडिया ट्रायल लाई आधार मान्ने हो भने यो प्रतिबेदन देश लाई दन्द्व तर्फ लैजाने कुरा सहज रुपमा भन्न सक्छ।
किनकी , नेपालको सुरक्षा निकाय लाई कमजोर पार्ने गरि कानुन पालनाको शिससिलामा भएका प्रहरी र सुरक्षा निकायका मुख्य ब्यक्ती लाई दोषी करार गर्दै नसिहत दिने र पुरै नेपाल प्रहरी लाई कमजोर पार्दै छिन्न भिन्न बनाएर विवाद बढाउने र भविष्यमा समेत प्रहरी नेपाल राष्ट्र , नेपाली जनता र कानुनको परिपालना गर्न नसक्ने गरि प्यारालाईसिस गर्ने प्रयास भएको देखिन्छ।
किन हो , दशकौं न्याय सम्पादन गरेको ब्यक्ती र सरकारी सेवामा ३ दसक विभिन्न क्षेत्रमा नेतृत्व गरेको ब्यक्ती समेत रहेको ब्यक्ती रहदा पनि यस्तो भयो ? यो हामी सबैले मिहिन ढंगले खोज्नु पर्ने भएको छ।
अर्को तत्कालीन सरकारका प्रधानमन्त्री, गृहमन्त्री र जिल्ला प्रशासन प्रमुख र सुरक्षा निकायका प्रमुख र जिम्मेवार ब्यक्ती लाई आधार बिना दोषी करार गर्दै देशलाई अनवरत नयाँ द्वन्दमा लैजान खोजिएको छ।
देशको सुरक्षा ब्यबस्था लाई निरन्तर कमजोर पार्दै सार्वभौम सत्ता र क्षेत्रीय अखण्डतामा नै प्रतिकुल असर पर्न सक्छ।
यो काममा बर्तमान कार्की सरकार र यो कार्की आयोग किन यति धेरै लाग्यो ? निकट भबिष्यमा रहस्योदघाटन हुने नै छ।
हामी नेपाली जनता लाई बिस्तारै जानकारी हुँदै जाने नै छ।
धन्यवाद ।

